इलाम : नेकपा एमाले इलामको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणमा सार्वजनिक भएको छ ।
२०६ मत गन्दा अध्यक्षका उम्मेद्वार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । उनले अहिले १८१ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलालको २५ मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्षमा उदयबहादुर राईले १६१ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी याम अधिकारीले ४४ मत पाएका छन् ।
सचिवमा उमेश गुरुङले १३८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी प्रकाश अधिकारीले ६४ मत मात्र पाएका छन् ।
त्यसैगरी दुई जना उपसचिव पदका लागि भएको निर्वाचनमा रविन्द्र अधिकारीले ११३ मतका साथ अग्र स्थानमा छन् । उनलाई विष्णुमाया आचार्यले ६८ मतका साथ पच्छ्याइरहेका छन् । त्यसैगरी छवि श्रेष्ठले ६४, रमेश राईद्ये ५५ र सन्तराम योङहाङले ४० मत पाएका छन् ।