नेपाल निजामती कर्मचारी युनियन इलामको अध्यक्षमा पुन इश्वर सुवेदी निर्वाचित

कर्मचारी युनियन बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा रिता अधिकारी

  नयाँ बुलन्द
854 Shares

इलाम : नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति इलामको आठौं अबिधेसनले पुन इश्वर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार इलामको हेड ट्याँकमा आयोजित कार्यक्रममा अधिवेसनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

यस्तै शनिबार नै कर्मचारी युनियन बहुउदेश्यीय सहकारी संस्थाको साधारण सभा समेत सम्पन्न भएको छ । संस्थाले रिता अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।

कार्यक्रममा युनियनका केन्द्रिय सदस्य लक्ष्मी दाहाल, झापा अध्यक्ष सविन्द्र विक्रम नेम्बाड., पाँचथरका अध्यक्ष कणर्हाङ नेम्बाड., नेपाली काँग्रेसका जिल्ला उपसभापति खगेन्द्र देवान लगायतका वक्ताले कर्मचारीहरुको हकहितका लागि युनियनल प्रतिवद्ध भएको बताए । कार्यक्रम युनियन अध्यक्ष इश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेसन पश्चात रमाईलो वनभोज कार्यक्रमको समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार