खम्बुका सन्तानः भीड देखाउन ‘राई !’ बन्ने कि पहिचानसहित राउटे बन्ने ?

  निनाम लोवात्ती  290 पटक हेरिएको

निनाम लोवात्ती

नेपाल सरकारले ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८’ अन्तर्गत ५९ जातिलाई सूचीकृत गरेको छ । सो सूचीमा ‘राई !’ जातिको सूची पनि रहेको देखिन्छ । तर, हामीले जत्ति पटक ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले नेपालका कुनै पनि जात वा जाति जनाउँथेन । किनभने, ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने ‘राय’ शब्दले सुरुमा कर्णाली भेगमा ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो ।

इतिहास नै हेर्ने हो भने पनि ‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा पर गएको देखिँदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने छ–थर भेगका एक थरी लिम्बुहरुको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ ।

त्यस्तै ‘राई’ पदवी वा पगरी (तालुकादार/जिम्मावाल पनि भनिन्थ्यो ।) भएकैले गर्दा पनि होला, १६ खम्बुका सन्तान कुलुङ लगायत अन्य किराती जातिबाहेक मगर, गुरुङ, नेवार, क्षेत्री, बाहुन, माझी, बंगाली, दनुवार, मुसलमान, लिम्बु, हायु लगायत नेपालका विभिन्न समूह, वर्ग, समुदाय वा भनौं जातजातिका मान्छेहरुले पनि ‘राई’ पदवी वा पगरी पाएको देखिन्छ । फेरि इतिहास र पूरानो काजपत्र हेर्दा सुरुमा  ‘राई’ लेखेको देखिदैन । महत्वपूर्ण कुरो के छ भने, शाह राजाहरु र श्री ३ महाराज अर्थात् राणा शासकहरुले स्थानीयस्तरमा शासन गर्न पदवी र पगरीहरु सिर्जना गरे । जस्तै पूर्वमा एकै रहेका किराती जाति र किरात भूगोललाई फुटाएर वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरुलाई ‘राय’/‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । अभैm पनि फलानो ‘जिम्मुवाल अथवा ‘तालुकदार’ भनी सम्बोधन गर्ने प्रचलन हटी सकेको छैन, गाउँ–घरमा ।

स्मरण रहोस्, ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी/पगरी पनि धेरै खालका हुन्थे । जस्तै ५ पगरी, ९, पगरी १२, पगरी १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मको ठूलो ‘पदवी/पगरी’हरु थिए । यस्तोे ‘पदवी/पगरी’ पाएका ‘राई’का सन्तानहरु काठमाण्डौमै पनि प्रशस्तै भेटिन्छन् । ‘सुब्बा’ पनि सानो ‘सुब्बा’ (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), ठूलो ‘सुब्बा’ (जसलाई मौजे सुब्बा भनिन्थ्यो) मौलोमा राँगा मार हान्न पाउने ‘सुब्बा’ । अमाली ‘सुब्बा’ (कानुन मात्रै हेर्ने ‘सुब्बा’ । यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ । त्यस्तै माथि नै एक प्रसंगमा भनियो कि, पछिल्लो समयमा नेपालमा जुनसुकै जात वा जातिका मानिसहरुले पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ पदवी वा पगरी पाएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, हरि रोकाको २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एक लेख ।

हुन त असली जातीय स्वपचिान बुझेरभन्दा पनि भीडको राजनीति गर्न र संख्या देखाएर राजनीतिक फाइदा लिन/दिन आपूmहरु ‘राई !’ भन्नेहरको जमात ठूलो देखिन्छ । उनीहरुले कुलुङ लगायत १६ खम्बुका अरु सन्तानहरुलाई पनि ‘राई !’ नै बन्न बलजप्mती गरी रहेका छन् ।

जस्तै उदाहरणका लागि यहाँ उल्लैख गर्नु पर्दा विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा तथ्यांकमा आई सकेका कुलुङ जाति लगायत अन्य १२ जातिलाई पनि कथित् ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गर्ने गर्छन्/गरी रहेका छन्, राईवाला कामरेडहरुले । साँच्चै जातीय स्वपहिचान स्थापित गर्ने, भाषा, धर्म, रीतिथिति, संस्कार, संस्कृति, रहनसहन, भेषभुषाको सम्बद्र्धन गर्ने आत्मनिर्णयको अधिकार लागू गर्ने, समतामूलक समाज निर्माण गर्ने चाहना भएको भए, समानुपातिक समावेशीताको चाहना भएको भए राईवादी कामरेडहरुले निश्चय नै कुलुङ लगायत राईकरणको मारमा परेका १६ खम्बुका सन्तानहरुलाई जबरजस्ती ‘राई !’ बन भन्ने थिएनन् होला ! तर, हाम्रो भनाइ (कुलुङ समुदायका अगुवाहरु) का के मात्रै हो भने, अब हामी विगतमा शासकहरुले दिएको ‘राई !’ पदवी वा पगरीलाई होइन, ‘सके कुलुङ आदि भनेरै चिनिऊँ, नभए १६ खम्बुको चिनारीमा जाऔं, त्यसो पनि नभए, उसो पनि नभए जो कोहीले आ–आप्mनो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं’ भन्ने हो । स्मरणीय के छ भने, आत्मनिर्णयको अधिकार भन्दैमा कुलुङ जातिका अगुवाहरुले ‘हामी कामी हौं, कुलुङ होइनौं !’ भनेका छैनौं । त्यसैले हालसम्म थाहा नभएर, रहरले, वाध्यताले अथवा जोर–जबर जस्तीले हामीले आप्mनो नामको पछाडि ‘राई !’ भन्दै वा लेख्दै आएको भए तापनि अबदेखि जो कोहीले आ–आप्mनो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं । त्यही भएर ‘राई ! हुने/लेख्न चाहनेहरु ‘राई !’ नै लेख्नु होस्, राई नै हुनु होस्, राई नै भन्नु होस्, त्यसमा हाम्रो विरोध वा विमति छैन, थिएन । त्यस्तै राईवादी कामरेडहरुले पनि हामी (कुलुङ) लाई हाम्रो आप्mनो असली जातीय स्वपचिान ‘कुलुङ’ ले चिनिन दिनु होस् भन्ने हो । जसले ‘राई होइन भन्दैछ उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत राई छ !’ नभन्नु होस् भन्ने हो । किनभने, नागरिकता र पासपोर्ट भनेको कुन जात वा जात हो ? भनेर चिनाउने आधार नभएर कुन देशको नागरिक हो ? भनेर चिनाउने आधार हो । कुन जाति वा समुदाय हो ? भनी चिनाउने आधार त सम्बन्धित जातिको उत्पत्ति थलो अर्थात् भूमि, वंश–परम्परा, मातृभाषा, भेषभुषा, धर्म, चाडबाड, परम्परागत कानुन, रीतिरवाज, चालचलन, आप्mनै प्रकारको जीवन–चक्र, सामाजिक बनावट, हामी भन्ने भावना, उँच–नीच नभएको सामाजिक बनोट, वर्णश्रम नमान्ने परम्परा आदि हो ।

त्यसैले यही भदौ असोजमा हुने १२ औं जनगणनामा हामीलाई ‘कुलुङ’ लेख्न दिनु होस् भन्ने हो पनि आग्रह हो । सत्य तीतो नै भए तापनि वाध्यचावश यहाँ एउटा सत्य–तथ्य ओकल्नैपर्ने हुन्छ । त्यसरी तीतो सत्य ओकल्नु पर्दा विसं २०६८ को ११ औं जनगणनामा नेपालका अन्य जातजातिहरु जस्तै कुलुङ लगायत १२ वटा जातिहरु जो जानेर वा नजानेर त्यस अघिको तथ्यांकमा ‘राई !’ जातिमा गाभिएका थिए, उनीहरुको तथ्यांक पनि अन्य जातजातिहरु जस्तै अलग्गै जातिका रुपमा आउँदै थियो । सो कुरो चाल पाएर राईवादी कामरेडहरु (खास गरी कतिथ् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एक एनजिओका हर्ताकर्ताहरु) ले उखर–माउलो गरी वाधा वा विरोध गरेका थए । त्यसका बाबजुद पनि कुलुङ लगायत १२ वटा जातिको तथ्यांक प्रकाशित भएको थियो ।

त्यसो त अहिलेसम्म पनि ‘राई !’ के हो ? जात वा जाति हो कि, पदवी/पगरी मात्रै हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने ईनेगिनेका बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्राडा, विद, कार, विज्ञ, वरिष्ठ आदि भनिनेहरु समेत प्रस्ट छैनन् । उनीहरुले नै दिन कटनी गरेर ‘एक जाति राई, २८ भाषी राई !’ भनी अन्टसन्ट लेख्दै बसेपछि हामी जस्तो कुलुङे ढाक्रेहरुको त के नै … ।

हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, चौतरिया, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, ढोके, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, हौदा, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, हाकिम, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए । तर, केकति कारण र किन त्यस्ता पद वा पगरी पाएका मान्छे र तिनका सन्तानहरुले चाहिँ आपूm र आप्mनो पिता–पूर्खाले पाएको पदलाई जात वा थर हो भनी लेखेनन् ? यस विषयमा पनि नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीहरुले खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

त्यसो त ‘सबै जातको पूmलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेका छन् ‘–…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् ।

कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति–थलो महाकुलुङ, हामी भन्ने भावना, पूख्र्यौली हाँगाबिँगा, वंश–परम्परा, मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, परम्परागत कानुन, चाडपर्व, गरगहना, चालचलन आदि छ भने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । स्मरण रहोस्, ०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभागले हालै सम्पन्न १२ औं जनगणनामा पनि कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र भाषागत कोड–२९ उपलब्ध गराएको थियो ।

तपार्ईँँ हामीले अभैm पनि राईवादी कामरेडहरुको भीड र संख्या देखाएर व्यक्तिगत फाइदा लिने र राजनीति गर्नेहरु स्वार्थी कुरोमा ‘हाँ मा हाँ !’ गरेर आप्mनो जातीय स्वपहिचान र स्वअस्तित्व मेट्दै ठूलो संख्या देखाएर राजनीतिक फाइदा लिनका लागि ‘राई !’बन्ने कि ? थोरै संख्या भए पनि जातीय स्वपहिचानसहित राउटे बन्ने ? हामीले वेला छँदै विचार गर्ने गरौं है !?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार