इलाम नगरपालिकाले विद्युत महसुल नतिरेपछि प्राधिकरणले लाइन काट्यो

  नयाँ बुलन्द  376 पटक हेरिएको

इलाम : इलाम नगरपालिकाले विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ । महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले सदरमुकामस्थित व्यापारिक भवन सिटि मार्टको लाइन काटेको हो ।

हालसम्मको बक्यौता रहेको १ लाख ७२ हजार रुपैयाँ महसुल नगरपालिकाले नतिरेपछि लाइन काट्नुपरेको नेपाल विद्युत प्राधिरकणका प्रमुख देवराज पौडेलले जानकारी दिए ।

‘६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ ।  हामीले पटकपटक जानकारी गराएका थियौं’ प्रमुख पौडेलले नयाँ बुलन्द स‌ँग भने, ‘उहाँहरुले अहिले महसुल बुझाए अहिले नै जोडिदिन्छौं ।’

इलाम नगरपालिकाले ४ महिनाको महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत महसुल नतिर्ने १ हजार २ सय ५० जना ग्राहकको विद्युत लाइन काटेको प्राधिकरणले जनाएको छ । यो समाचार तयार गर्दासम्म इलाम नगरपालिकाले सिटी मार्टको महसुल बुझाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार