मंगलबारेमा सुविधासम्पन्न कभर्ड हल निर्माण, नेम्बाङद्वारा उद्घाटन गरियो

  नयाँ बुलन्द  274 पटक हेरिएको

इलाम : इलामको देउमाई नगरपालिका ४ मंगलबारेमा नवनिर्मित सुदिप मेमोरियल बहुउदेश्यीय कभर्ड हलको उद्घाटन भएको छ ।

बिहीबार आयोजित कार्यक्रममा पुर्व संविधानसभाका अध्यक्ष इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङले उद्घाटन गरेका हुन् ।

कभर्ड हल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले खेलकुद क्षेत्रमा अगाडि बढ्न पुर्वाधार विकासले सघाउ पुग्ने बताए ।

कार्यक्रममा देउमाई नगरपालिका प्रमुख सुर्य पोख्रेलले देउमाई नगरमा कार्यक्रम स्थललाई व्यवस्थित गर्न उक्त कभर्ड हल निर्माण भएको बताए । उनले विभिन्न साँस्कृतिक एवम् खेलकुद र अन्य सभा समारोह संचालन गर्न नवनिर्मित कभर्ड हलले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

दुईवटा ब्याडमिण्टन कोर्ड र सभाहल सहित निर्माण गरिएको कभर्ड हलमा डवल कोर्डका दुई ओटा ब्याडमिण्टन कोर्ड समेत निर्माण गरिएका छन् ।

स्थानीय पूर्णचन्द्र श्रेष्ठले आफना स्वर्गीय छोरा सुदिप श्रेष्ठको नाममा नगरलाई निशुल्क उपलब्ध गराएको २ रोपनी जग्गामध्ये १ रोपनी जग्गामा कभर्ड हल निर्माण गरिएको छ ।

उसु खेलाडी सुदिपको निधन भएपछि उनका बुबा पूर्णचन्द्रले ३२ लाख रुपैयाँ पर्ने जग्गा निशुल्क नगरलाई उपलब्ध गराएको देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए ।

प्रदेश १ सरकारको समपुरक कोषबाट ३६ लाख र देउमाई नगरपालिकाको ४० लाख गरी ७६ लाखको लागतमा सुविधा सम्पन्न कभर्ड हल निर्माण गरिएको हो ।

कभर्ड हल उद्घाटनका अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का पूर्व गरिबी निवारण तथा शहकारी मन्त्री राम राना, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराललगायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार