युवाहरुको आगमनसँगै कांग्रेसमा रुपान्तरणको सुरुवात : महामन्त्री शर्मा

  नयाँ बुलन्द
420 Shares

 युवाहरुको आगमनसँगै कांग्रेसमा रुपान्तरणको सुरुवात भएको छ : महामन्त्री शर्मा

इलाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरुको आगमनले रुपान्तर सुरु भएको बनाउनु भएको हो ।

शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक लडाई भएकाले हार र जित नभएको बताउनुभयो ।

यस्तै शर्माले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई बताउनु भयो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउँदै भन्नुभयो, ‘निष्ठाका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जानेछौँ । रुपान्तरित कांग्रेस देश समक्ष राख्नेछौँ ।’

महामन्त्री शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्ने बताउनु भयो ।

कार्यक्रमा कांग्रेस इलाम सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार