इलाम : नेकपा एमालेको लाल किल्ला मानिएको इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । जिल्लाको बिभिन्न पालिका बाट एमाले सहित अन्य पाटी छोडेर कांग्रेसमा प्रबेश गर्नेको संख्या बडदै गएको हो । जिल्लाको माइजोगमाइ गाउँपालिका ५ सोयाङका ६० घर परिवारका २५० भन्दा बडिले नेकपा एमाले तथा माओबादी पाटी परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका छन् । कांग्रेस इलाम सभापति डम्बर खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कम्युनिष्ट नेता स्व मनमोहन अधिकारीले संगठीत गरेका पुर्व प्रधानमन्त्रि झलनाथ खनालको क्षेत्र समेत रहेको इलाम माइजोगमाइ गाँउपालीका वडा नं ५ मा कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा एमालेको संगठीत सदस्यहरु मोहन लिम्बु चित्र बहादुर कठेत , पदम ब राई , गोबिन्द ब बस्नेत ,अनुजा गौतम , नर ब गौतम ,भेषराज भण्डारी लगायत साधारण सदस्हरु दिपेन भण्डारी , शिव भण्डारी,भानुभक्त सुवेदी गेल प्र न्यौपाने , कमल ब बस्नेत , मोहन प्रसाद दंगाल माओबादीका संगठीत सदस्य खेम श्रेष्ठ पुर्ण ब नेपाल , शेर नेपाल इन्द्र बहादुर नेपाल भोग बहादुर नेपाल छिरिङ तामाङ , तेन्जिी तामाङ, पाशास दावा तामाङ रोहिल गुरुङ , दिपेन कुमार लिम्बु टिका सुन्दास ,प्रेम ब सुनदास देउ बहादुर तिवारी रबिन खडका भिम ब बस्नेत तिर्थ राज सुवेदी ,खगेन्द्र लिम्बु रोहित लिम्बु बिमल लिम्बु भुवन लिम्बु दिनेश लिम्बु लिला प्र लिम्बु लगायत नेपाली कांग्रेसमा प्रबेश गरेका हुन । कांग्रेस प्रबेश गरेका उनिहरु लामो समयसम्म नेकपा एमाले / माओवादी पाटीमा सकृय रुपमा काम गरेका वडा सचिव धनहाङ लिम्बुले जानकारी दिए ।
उक्त पाटी प्रवेश कार्यक्रम्मा नव प्रवेशी भानुभक्त सुवेदीले नेपाल कम्युनिष्ट पाटी एमालेले जनतालाई ढाँटने मात्र काम गरेका र बिकाश निमार्ण र रोजगारी चुनाव ताका मात्र दिन्छु भन्ने आश्वासन मात्र बाडेको , सुख दुखमा साथ नदिएको साथै बहुमतको सरकार समेत आपसी बिबादले चलाउन नसकेर देश र जनताको आशा र बिश्वास माथी कुठाराघात गरेकाले नेपाली काँग्रेसमा प्रवेश गरेक बताए ।
यता कार्यक्रका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खडकाले नेपाली जनताको हक हित , बिकाश र स्वतन्त्रताका लागी अब नेपालमा नेपाली काँग्रेस मात्र रहेको बताएका छन । उनले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा दुइजना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके मात्र पाटीको लक्ष्य पुरा हुने बताए । खड्काले पार्टी प्रबेश अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।
माइजागमाई गाउँपालिका वडा नं ५ का सभापति नरेन्द्र खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिती सदस्य श्याम खडगी पुर्व सभापति बेद चापागाई महाधिवेशन प्रतिनिधि दुर्गा ब सुवेदी , जीवन नेपाली पुर्व जिल्ला सचिव हुकुम थेवे , प्रदेश सचिव कुसुम दाहाल प्रदेश सदस्य प्रेम गौतम गाँउपालीका सभापति नेरेन्द्र देवान लगायतको उपस्थिती रहेको थियो ।