
इलाम : प्रेस चौतारी झापाको ९ औँ जिल्ला अधिबेशनले अध्यक्षमा मनकुमार गदाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिबेशनले चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको जिल्ला कमिटिको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा भुमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा,कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी,रविता राउत ,नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे लगायत रहेका छन ।