किरात याक्थुङ चुम्लुङ इलामको अधिवेशन माघ २७ र २८ मा

  नयाँ बुलन्द
140 Shares

फाइल तस्वीर

इलाम : लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ इलामको आठौं जिल्ला अधिवेशन आगामी माघ २७ र २८ गते इलाम सदरमुकाममा हुने भएको  छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला समितिको आइतबार बसेको पूर्ण बैठककले सो निर्णय गरेको हो । जिल्ला अधिवेशनलाई लक्षित गरी नगर, गाउँ र वडा समितिको अधिवेशन माघ १५ सम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

पालिका अधिवेशनका लागि आवश्यक समन्वय र सम्पर्कका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले देउमाई नगरपालिकाका लागि अमृतप्रसाद केरुङ र राजकुमार लिङदेन, ईलाम नगरपालिकामा पदम ताम्लिङ र प्रेम जवेगू, सूर्योदय नगरपालिकामा बुद्धमाया सोङ्मी र साधना फागो, माङसेबुङ गाउँपालिकाdf मनप्रसाद आङबुहाङ र अतित योङहाङ, फाकफोकथुम गाउँपालिकामा राम योङहाङ र  केवी थेगिम, सन्दकपुर गाउँपालिकामा याम माबोहाङ र रुद्र थेवे, माईजोगमाई गाउँपालिकामा बुद्धमाया सोङमी र चम्पासिंह ताम्लिङ र रोङ गाउँपालिका  याम माबोहाङ र कृष्ण येक्तेनलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी जिल्ला अधिवेशन व्यवस्थित बनाउन विभिन्न ७ वट उपसिमित गठन गरेको छ । अध्यक्ष गायत्री थेगिमको संयोजकत्वमा पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन उपसमिति, उपाध्यक्ष अमृत केरुङको संयोजकत्वमा बुद्धमाया सोङमी र संगीता थलङ रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति, सचिव राम योङहाङको संयोजकत्वमा याम माबोहाङ र रुद्र थेवे सदस्य रहेको प्रचारप्रसार तथा प्रकाशन उपसमिति र कोषाध्यक्ष बुद्धमाया सोङमीको संयोजकत्वमा कृष्ण येक्तेन र जुनु लिम्बू सदस्य रहेको  आर्थिक व्यवस्थापन उपसमिति गठन भएको छ ।

त्यस्तै सचिवालय सदस्य पदम ताम्लिङको संयोजकत्वमा चम्पासिंह ताम्लिङ र प्रेमराज जवेगू सदस्यह रहेको साँस्कृतिक प्रदर्शन उपसमिति, कार्यसमिति सदस्य अतित योङहाङको संयोजकत्वमा अस्मी येक्तेन, लिम्बू विद्यार्थी मंच र याक्थुङ युवा मंच सदस्य रहेको स्वयम् सेवक उपसमिति र कार्यसमिति सदस्य राजकुमार लिङदेनको संयोजकत्वमा जुनु लिम्बू र अस्मी येक्तेन सदस्य रहेको आवास तथा खाद्य व्वस्थापन उपसमिति गठन भएको छ ।

अधिवेशनमा जिल्लाका केन्द्रीय सदस्यहरु, कार्य समितिका पदाधिकारी एवम सदस्यहरु, जिल्ला सल्लाहकार समितिका सदस्यहरु, राष्ट्रिय चुम्लुङ सदस्यहरु र मनोनित जिल्ला चुम्लुङ सदस्यहरु, नगर तथा गाउँकार्य समितिका अध्यक्ष र सचिव एवम् नगर/गाउँ शाखाबाट एक सय जना साधारण सदस्य बराबर ३ जना (कम्तीमा १ महिला अनिवार्य) प्रतिनिधि र १ जना पर्यवेक्षक सहभागी हुने किरात याक्थुङ चुम्लुङ इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार