पाँचथर: नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटीमा पाँचथरका दुई नेता आङ्बो र थेवे चयन भएका छन् ।
माओवादी केन्द्रको आठौँ अधिबेशनबाट १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र १ नम्बर प्रदेश वन वातावरण, उद्योग तथा पर्यटन सभापति सीता थेव केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
आङ्बो आदिवासि जनजाती तर्फबाट र थेवे महिला कोटाबाट केन्द्रिय समितिमा चयन गरिएको माओवादीले जनाएको छ ।
दोस्रोपटक १ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बो यसअघि पनि पार्टीको केन्द्रिय सदस्य बनेका थिए ।