इलामः फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ खाम्बाङ्गस्थित गुम्बाडाँडा खेलमैदानमा संचालित भलिबल प्रतियोगिताको उपाधी सिंहदेवी युवाक्लब पचेवाले हात पारेको छ ।
१४ टिम सहभागी रहेको उक्त प्रतियोगितामा एकातप्पा युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै सिंहदेवी युवाक्लब पचेवाले शनिबारको फाइनल खेलमा जीत हाँसिल गरेको हो ।
विशेष अतिथि २ नम्बर वडाका अध्यक्ष याम बहादुर पौडेलको हातबाट बिजेता टिमलाई प्रथम पुरस्कार २१ हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई ११ हजार नगद,ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद समितिका अध्यक्ष अमर कुमार राई(सोम) ले जानकारी दिए ।
अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा गुम्बाडाँडा खेलकुद समिति तथा एभरेष्ट युवा क्लवको आयोजनामा पौष १४ गते गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले खुल्ला नकाउट (पुरुष) भलिबल प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
स्थानीय युवा र समाजसेवीको आर्थिक सहयोगमा इतिहासमै पहिलो पटक यस ठाँउमा भलिबल प्रतियोगिताको आयोजना गरिएको क्लबका सचिव विकास राईको भनाइ छ ।
क्बलका अध्यक्ष अजय राईको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा वडाध्यक्ष पौडेल,जनप्रतिनिधि बालकृष्ण भट्टराई,नेकपा माओवादी केन्द्र फाकफोकथुम गाउँकमिटी अध्यक्ष केबी बान्तवा, संघसंस्थाका प्रतिनिधि,खेलप्रेमी, समाजसेवी लगायतको उपस्थिति रहेकोे थियो ।