थपिए २२० संक्रमित, २ जनाको मृत्यु

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

बुधबार २५३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार