महिलाहरुका लागि फिक्कलमा आयोजित उद्घोषण तालिम सकियो

  नयाँ बुलन्द
147 Shares

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा महिलाहरुका लागि ४ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

महिला सृजना बहुउदेशीय सहकारी सस्थां सूर्योदय नगरपालिका फिक्कलको आयोजनामा भएको तालिममा संस्थाका सेयर सदस्य लगायत संस्थामा आस्थावान ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

 तालिममा पत्रकार रेडियो फिक्कलका स्टेशन म्यानेजर राजकुमार दहालले सहजीकरण गरेका थिए ।

संस्थाकी अध्यक्ष गायात्रा ओली घिमिरेको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भटटराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी भटटराईले महिलाहरु कुनैपनि कुरामा कमी नभएको र हिम्मत नहारेमा पुरुषले भन्दा धेरै गर्न सक्ने भएकोले साहसका साथ अगाडी बढन आग्रह गरिन् । उनले तालिममा सिकेका कुरालाई ब्यवहारमै उतार्न आग्रह गरिन् । सूर्योदय नगरपालिकाले महिलाहरुको हकहित क्षमता विकासको लागि सक्केसम्म धेरै कार्यक्रमहरु गरीरहेको र आगामी दिनमा पनि यस्ता सकरात्मक कार्यक्रम जारी राख्ने बताइन् ।

सहभागी लिला थुङगिमले तालिम अत्यन्तै प्रभावकारी भएको बताइन् । उनले कसरी अगाडी गएर आफना कुरा राख्ने, डर कसरी नियन्त्रण गर्ने, भाषणकला लगायतबारेमा निक्कै प्रभावकारी ढगँले सिकाएको भन्दै आफूहरुमा निक्कै आत्माविश्वास बढेको बताइन् ।

अर्का सहभागी हेमलता गुरुङ घिमिरेले तालिम आयोजक महिला सृजना बहुउदेशीय सहकारी सस्थालाई धन्यवाद दिदैं यस्ता तालिमले सहभागी महिलाहरुमा म पनि कम छैन भन्ने आत्माविश्वास बढाएको धारणा राखिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार