दरबन्दी विषयान्तर नगर्न भगवती माविलाईअखिल क्रान्तिकारीको चेतावनी

  नयाँ बुलन्द
1k Shares

इलाम : रिक्त दरबन्दीलाई विषयान्तर नगर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित विद्यालयलाई चेतावनी दिएको छ ।

इलाम सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयमा विज्ञान विषयको रीक्त दरबन्दीलाई विषयान्तर गरेर अंग्रेजी बनाउन खोजेको भन्दै  क्रान्तिकारीले त्यसो नगर्न चेतावनी दिएको हो ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै क्रान्तिकारीले विद्यार्थी र विद्यालयको भविष्य डामाडोल पार्ने र विद्यालयलाई राजनीतिक घेरामा पार्नका लागि गर्न खोजिएको भन्दै भ्रत्सर्ना गरेको छ ।

‘उक्त विज्ञान विषयको खाली दरबन्दीमा सोही विषयको अब्बल शिक्षक नियुक्त गर्न हाम्रो संगठन जोडदार माग छौं’  संगठनका अध्यक्ष विपि मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा विद्यार्थी र विद्यालयको हकहितका निम्ति कडा संघर्क्ष गर्ने चेतावनी समेत दिन चाहन्छौं ।’

सो विद्यालयमा गत ४ मंसिरदेखि विज्ञान विषयको दरबन्दी रिक्त छ ।

यता प्रधानाध्यापक डोरकुमार पौड्यालले विषयान्तर गर्ने विषयमा छलफल भएको स्वीकार गर्दै निर्णय भने भइनसकेको बताए । ‘विद्यालय व्यवस्थापन समितिले चाँही विषयान्तर गरेर अंग्रेजी बनाउ भन्ने प्रस्ताव छ । तर मैले विषयान्तर गर्न ठीक हुँदैन भनेको छु’ प्रधानाध्यापक पौड्यालले नयाँ बुलन्दसँग भने, ‘तर अबको बैठकले विषयान्तर गर्ने सम्भावना छ ।’

विद्यालय व्यवस्थापन समितिले विषयान्तर गर्ने निर्णय गरेर शिक्षा विकास तथा समन्वय ईकाइमा पठाउने र स्वीकृत गर्ने वा नगर्ने अधिकार शिक्षा विकास तथा समन्वय ईकाइसँग हुने भएकाले समन्वय इकाईको निर्णयमा नै भर पर्ने प्रधानाध्यापक पौड्यालको भनाई छ ।

सो दरबन्दीमा अंग्रेजी र विज्ञान दुवै विषयको शिक्षक सरुवा भएर आउन चाहेका छन् । अंग्रेजीका २ जना र विज्ञानका एक  जनाले सरुवा भएर आउन निवेदन दिएको प्रधानाध्यापक पौड्यालले बताए ।

करिब साढे दुई सय विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा कर्माचारीसहित १९ जना शिक्षक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार