फोनिज झापाको अध्यक्षमा सुब्बा निर्वाचित

  नयाँ बुलन्द
140 Shares

झापा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न छैठौं अधिवेशनबाट सुब्बा अध्यक्षमा निर्विरोध निर्वचित भएका हुन् ।

अधिवेशनबाट सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा सबिना राई, सचिवमा तिलक योन्जन, सहसचिवमा बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ निर्वचित भएका छन् ।

सदस्यहरुमा प्रतीक्षा राजवंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान, सुजन प्रधान र धनकुमार लावती निर्वाचित भएका छन् ।

त्यस्तै ११ जना प्रादेशिक महाधिवेशन प्रतिनिधि र ७ जना संघीय प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रादेशिक महाधिवेशन प्रतिनिधिहरुमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा, मिना नेम्बाङ, निरन राई, लीला राई, सौरभ मुखिया ‘ए’ र सौरभ मुखिया ‘बी’ निर्वाचित भएका छन् ।

त्यसैगरी सङ्घीय प्रतिनिधिहरुमा देशराज नेम्बाङ, भारती राई,  रमेश राई समदर्शी, गणेशमान मुखिया, विशाल नेम्बाङ, यज्ञराज सुब्बा (विष्णु) र आनन्द गुरुङ निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार