पाँचथरः फिदिम नगरपालिका भित्रका पाँच वटा विद्यालयका ४०० जना विद्यार्थीलाई शुक्रबार स्कुल ब्याग वितरण गरिएको छ ।
नगरपालिकाको १३ नम्बर वडास्थित लुङरुपाका विभिन्न विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ब्याग प्रदान गरिएको हो । वडाको चालु आर्थिक वर्षको सामाजिक विकास तर्फ विनियोजित रकम दुई लाख ५० हजार रुपैंयॉबाट ब्याग खरिद गरि वितरण गरिएको वडा सचिव सुकराज नेम्बाङले जानकारी दिए ।
विद्यार्थीलाई निरन्तर विद्यालय जानलाई प्रेरणा दिने साथै पढाई प्रति रुची जगाउने उदेश्यले ब्याग प्रदान गरिएको जनाइएको छ ।वडा भित्रका सिद्देश्वर र सिंहसिद्ध माध्यमिक विद्यालय साथै सिंहसिद्ध,महादेव र जल्पा देवी आधारभुत विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकनाथ सुवेदीको अध्यक्षतामा वडासदस्य अमृता बर्देवाले एक कार्यक्रम बीच ब्याग वितरण गरेका छन् । । यसैबीच,मनु दुलाल स्मृती अक्षय कोष अन्तर्गत जनसेवा समाज पाँचथरबाट प्राप्त २० वटा ब्याग पनि गरिव तथा जेहेन्दार २० जना विद्यार्थीलाई हस्तान्तरण गरिएको सचिव नेम्बाङले बताए ।