लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  नयाँ बुलन्द
35 Shares

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन कहिलेदेखि सुरुवात भएको हो ?
 वि.सं. २०७८ मङ्सिर १९
– यस वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्सा शास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको ।
– पहिलो पटक एमबीबीएससहित बी फर्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको ।
– आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्ययन गर्न २० जनाको कोटा तोकिदिएको । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको । फार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको ।
– प्रतिष्ठानले हाल तीन सय शøया क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको ।
– प्रतिष्ठानमा गत वर्षदेखि पोस्ट ग्राजुएसन (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको ।

२. राष्ट्रिय बाघ गणना २०७८ को सुरुवात कहिलेदेखि गरिएको हो ?
 वि.सं. २०७८ मङ्सिर १९
– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनसहित देशभर बाघ भएका जङ्गलमा मङ्सिर १९ देखि सर्वेक्षण सुरु गरेको ।
– वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवद्वारा बुट्यानमा जडान गरिएको क्यामरा अन गरेर सर्वेक्षणको शुुभारम्भ गरिएको ।
– नेपालमा सन् २००९ मा १२१ वटा, सन् २०१३ मा १९८ वटा र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको ।
– नेपालले सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।

३. म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीलाई म्यानमारको सैनिक सरकारले कति वर्षको जेल सजाय तोकेको हो ?
 चार
– सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन भूमिका निर्वाह गरेको लगायतका आरोपमा उहाँलाई चारवर्षे जेल सजाय गर्न लागिएको ।
– सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चारवर्षे जेल सजाय तोकिएको ।
– नोबल पुरस्कार विजेता ७६ वर्षीया नेत्री सुकीलाई त्यहाँको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उहाँलाई कारागार चलान गर्नुपर्ने फैसला सन् २०२१ डिसेम्बर ६ मा गरिएको ।
– यसका साथै नेत्री सुकीलाई आर्थिक अनियमितता गरेको, शक्ति र स्रोत साधनको दुरुपयोग गरेकोलगायतका दर्जनौँ मुद्दा सैनिक सरकारले लगाएको ।

४. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त व्यक्तित्व को हुन् ?
 ओलाफ स्कोल्ज
– ६३ वर्षीय स्कोल्ज मर्केलको सरकारमा उपचान्सलर रहेका ।
– जर्मन संसद् वुन्डेस्टागमा स्कोल्जको पक्षमा ३९५ र विपक्षमा ३०३ मत खसेको ।

५. वि.सं. २०७८ मङ्सिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा कसलाई चयन ग-यो ?
 राजेन्द्र लिङ्देन
– अध्यक्षसहित १४९ कार्यसमिति चयनका लागि मङ्सिर १८ मा भएको मतदानबाट प्रतिस्पर्धी कमल थापालाई दुई सय मतान्तरले पछि पार्दै लिङ्देन अध्यक्ष निर्वाचित भएका ।
– २०४९ मा राप्रपाको विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बनेका लिङ्देन २०७४ सालको संसदीय चुनावमा झापा–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ।
– त्यस्तै महामन्त्रीमा धवलशमशेर राणा, भुवनकुमार पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही
निर्वाचित भएका ।

६. नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
 जयपृथ्वीबहादुर सिंह

७. तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ?
 सिरिजङ्गा

८. पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ?
 मनिगल

९. ओजन तह पत्ता लगाउने व्यक्ति जे.सी. फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
 शेरउड रोल्यान्ड

१०. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
 श्री ५ राजेन्द्र

११. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
 शिवपुरी राष्ट्रिय निकुञ्ज

१२. नेपाललाई कहिलेसम्म डिजिटल नेपाल बनाउने लक्ष्य रहेको छ ?
 सन् २०२५

१३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?
 अर्थमन्त्री

१४. काभ्रेपलाञ्चोकपछि कुन जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिएको हो ?
 चितवन

१५. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?
 न्यूजिल्यान्ड

१६. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्दछन् ?
 जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोग्यास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन/उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, वायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन
गर्ने उद्योग ।

१७. संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो ?
 मध्य अफ्रिकी गणतन्त्र

१८. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
 वि.सं. २०६९ माघ

१९. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?
 जापान

०. शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रक्रिया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ?
 शिक्षाको व्यापक अर्थ

१. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?
 पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।

२२. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउने निर्णय ग-यो ?
 सन् २०२१

२३. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
 पाँचथर

२४. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?
 कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग
– बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवं आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग
गर्न सकिने ।
– रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।

२५. बहुमुखी प्रतिभाका धनी एवं महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
 इटाली
– उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।
– मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्रहरू हुन् ।

२६. एसिया प्रशान्त आर्थिक सहयोग ‘एपेक’को स्थापना कहिले भएको हो ?
 सन् १९८९
– स्थापनाकालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको छ ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको हो ।

२७. सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
 २०७१ सालको एसएलसी परीक्षादेखि
– (२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली
लागू गरिएको ।)

२८. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
 साइक्लोन
– (थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

२९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
 स्नातक तह

३०. इन्डोप्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?
 अमेरिका (विश्व अर्थ राजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम राख्ने उद्देश्यका साथ लिइएको अमेरिकी वैदेशिक नीति ।)

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार