लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) लोकसेवा

  नयाँ बुलन्द
56 Shares

१. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन् ?
 लियोनल मेसी
– अर्जेन्टिनी कप्तान तथा पीएसजीका स्ट्राइकर लियोनल मेसी कीर्तिमानी रूपमा सातौँपटक सो अवार्ड जित्न सफल भएका ।
– बालोन डि’अरअन्तर्गत महिलातर्फको उपाधि बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी ।
– वायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की ‘स्ट्राइकर फर द इयर’ घोषित भएका ।
– वार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री गोन्जालेज सन् २०२१ को उत्कृष्ट युवा खेलाडी घोषित भएका ।
– इटालीका गोलरक्षक जियानलुगी डोनारुमा यासिन ट्रफी प्राप्त गर्न सफल भएका ।
– वर्षको उत्कृष्ट क्लब चेल्सी घोषित भएको ।

२. हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?
 रुमेस्या गेल्गी (टर्की)
– २४ वर्षीया गेल्गीको उचाइ ७.०७ फिट रहेको ।
– उनी अहिलेसम्मकै विश्वको सबैभन्दा अग्ली जीवित महिला भएको बताइएको ।
– यसअघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अग्ली याओ देफेनको नाममा रहेको । उनको ४० वर्षको उमेरमा निधन भएको ।

३. बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
 एनएमबी बैङ्क
– चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता देशका प्रतिस्पर्धीलाई पछि पार्दै एनएमबी एसियाकै उत्कृष्ट बैङ्क
घोषित भएको ।
– एनएमबी बैङ्कले ‘द बैङ्क अफ द इयर २०२१ अवार्ड पनि जितेको ।

४. १२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?
 मेरो गणना, मेरो सहभागिता (२०७८ कात्तिक २५–मङ्सिर ९)
– देशभर कात्तिक २५ देखि सुरु भएको १२औँ शृङ्खलाको राष्ट्रिय जनगणनामा लिपुलेक, लिम्पियाधुरा कालापानी र छिटपुट घरपरिवारबाहेक शतप्रतिशत जनसङ्ख्या जनगणनामा सहभागी भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको ।
– करिब दुई महिनाभित्रै जनगणनाको प्रारिम्भक नतिजा सार्वजनिक गर्ने, त्यस्तै एक वर्षभित्र जनगणनाको मुख्य तथ्याङ्क समेटिएको राष्ट्रिय प्रतिवेदन तयार गर्ने साथै विषयगत प्रतिवेदन भने राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरिएको वर्ष दिनभित्र सार्वजनिक गर्ने विभागले जनाएको ।

५. इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?
 एनआईसी एसिया बैङ्क
– (आईएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैङ्कले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणको सुरक्षाको सुनिश्चितता देखाएबापत प्रमाणपत्र प्राप्त गरेको ।)

६. रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
 ५२.४ मे.वा. (२०७८ मङ्सिरमा राष्ट्रिय प्रसारण
लाइनमा जोडिएको)
– रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजी र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई विमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ कि.मि. लामो भूमिगत सुरुङमार्फत खिजिदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको ।
– उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको ।
– उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली न.पा.–६ खिम्तीमा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको ।

७. २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
 तामाङ

८. ‘व्यवसायका दुई भाग छन् ः बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?
 पिटर ड्रकर

९. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?
 पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

१०. ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
 ली क्वान यु

११. नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
 सन् २०२५

१२. प्रदेश–१ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?
 स्वच्छ, सुखी र समुन्नत प्रदेश

१३. लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?
 वि.सं. २००८

१४. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?
 सिन्धुपाल्चोक

१५. विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
 सन् १९३० को आर्थिक मन्दी

१६. ‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
 शेक्सपियर

१७. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
 १५ वर्ष

१८. तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?
 वि.सं. २०७७ आश्विन १२
– अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायसहितका प्रावधान रहेका ।
– एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने एवं अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायको व्यवस्था अध्यादेशमा रहेको ।
– शरीरको कुनै पनि भागमा एसिड परे मात्रै पनि १० वर्ष सजाय भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।
– एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेय पदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा रहेको । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री–वितरणमा पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको ।
– बिक्रेताले आफूले ल्याएको एसिडको परिमाण खुल्ने परिचयपत्रको फोटोकपीसमेत राख्नुपर्ने, एसिड आक्रमण गर्नेको सजाय मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किराना लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च गराउनुपर्ने, जरिबानाबापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगेर अपराधीको सम्पत्तिबाट असुल गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।

१९. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
 नबिल बैङ्क

२०. लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिकतर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?
 आ.व. २०७२÷७३
– (लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि यसअघि नै दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।)

२१. ‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
 हो चि मिन्ह (भियतनाम)

२२. मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?
 वि.सं. २०७५ श्रावण १
– (वि.सं. २०७५ असार २४ को मन्त्रिपरिषद्ले स्वीकृत गरी श्रावण १ देखि लागू भएको यो गुरुयोजनाले वि.सं. २०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम र योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको ।)

२३. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
 रु. २०,५४३
– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न रहेका ।
– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार ७६८ रुपियाँ रहेको । ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।
– प्रतिवेदनअनुसार वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै तलबबापतको खर्च भने १६.९ प्रतिशत मात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

२४. नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?
 वि.सं. २०२६
– (ऐतिहासिक महìवको अमरग्रन्थ ‘अमरकोश’को दोस्रो संंस्करण २०७७ (प्रथम संस्करण प्रकाशित भएको ५१ वर्षपछि) मा प्रकाशित भएको ।)

२५. पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?
 चीन

२६. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
 वि.सं. २०७५ आश्विन ५

२७. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
 ३५५५ व.कि.मि.
– (डोल्पा र मुगुमा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)

प्रस्तुतकर्ता :टङ्क केसी/लोकसेवा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार