चुम्लुङ, छुम्मा र सुसेसका अध्यक्ष ज्युहरुलाई प्रश्न

  निनाम लोवात्ती
154 Shares

निनाम लोवात्ती

कतिपय मानिसहरुलाई लाग्दो, यो ‘कुलुङे ढाक्रे !’लाई कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा’ नामक एनजिओ राईको आप्mनो अलग्गै मातृभाषा नभएकोले गर्दा आप्mनो एनजिओको नाम बान्तावा जातिको भाषामा ‘यायोक्खा’ नाम राखेका छन् भने उक्त संस्थाको समाज कल्याण परिषद (सकप) दर्ता नम्बर–२६५६ र, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय (काजिप्रका) रजिस्टर्ड नम्बर–३२८/०४९/०५० रहेको छ । उक्त एनजिओका हर्ताकर्ताको खेदो नगरी भात पच्दैन कि क्या हो ?! त्यसैले जतिखेर पनि राई जाति हो भन्ने व्यक्तिहरु र उनीहरुको एनजिओ ‘राई यायोक्खा’ नामक एनजिओको खेदो गरेको छ, गरेको छ !? अनि कतिपय मानिसहरुलाई चाहिँ लाग्दो हो, यो ‘कुलुङे ढाक्रे !’ले लेख्नलाई अरु केही विषय पाउँदैन कि क्या हो ? त्यसैले जतिवेला पनि राई यायोक्खा र राईको विरुद्ध मात्रै लेखेको छ, लेखेको छ…। तर, खासमा त्यस्तो होइन ।

हुन पनि मान्छे भई सकेपछि जमानाअनुसार चल्ने कि, नचल्ने भन्ने प्रमुख कुरो हो जस्तो लाग्छ, यो केहीनजान्ने ‘कुलुङे ढाक्रे !’लाई । त्यस्तै जातीय संघ–संस्था र तिनका मुखिया अर्थात् हर्ताकर्ता भई टोपलेका मान्छेहरुले पनि काल, समय र परिस्थितिअनुसार चल्ने कि, नचल्ने ? भन्ने प्रश्न पनि मुख्य हो क्यारे ?! सँगसँगै नैतिकताको प्रश्न पनि हो कि ?! भन्ने यो केहीनजान्ने ‘कुलुङे ढाक्रे !’ को जिरह हो । किनभने, लिम्बु जातिको आधिकारिक संस्था ‘किरात याक्थुङ चुमलुङ’ (कियाचु), याक्खा जातिको आधिकारिक संस्था ‘किरात याक्खा छुम्मा’ (कियाछु) र सुनुवार जातिको आधिकारिक संस्था ‘सुनुवार सेवा समाज’ (सुसेस) र तिनका हर्ताकर्ताहरु खालि कथित् राई जाति भनिनेहरुको संस्थाका हतकार्ताहरुले जता डोहोर्यो, त्यतै डोहोरिएको देखिन्छ ।

जस्तै हालै सम्पन्न भएको किराती समुदायको उधौली चाड जसलाई लिम्बु जातिले चासोक तङनाम भन्ने गर्छन् भने, सुनुवार जातिले ‘फोल–श्याँदर’, भन्ने गर्छन् । त्यस्तै चाम्लिङ (जो आप्mनो असली जातीय स्वपहिचानले भन्दा पनि हाम्रा पिता–पूर्खाहरुले पाएको पद, पदवी वा भनौं पगरी ‘राई !’ लाई नै मान्ने र राईले नै चिनिन चाहन्छन्) ले साकेला भन्ने गर्छन् भने बान्तावा जातिले साक्खेवा भन्ने गर्छन् । तर, राई भनिनेहरुको संस्था राई यायोक्खाले भने, त्यही ‘साकेला’लाई नै सम्पूर्ण राई भन्नेहरुको चाड हो भनेभैmँ गरेर प्रचारप्रसार गर्ने मनाउन आग्रह गर्नेगरेको छ । यसरी जानेर नजानेर वा जबरजस्ती राईकरणको मारमा परेका वा पारिएका सम्पूर्ण किरातीहरुलाई ‘साकेला’ लाद्ने गरेको छ । जस्तो गत पुस ४ गते नेपालका सम्पूर्ण किरात समुदायले आप्mनो महान चाड ‘उधौली’ पर्व जुन पर्वलाई लिम्बु जातिले चासोक तङनाम, सुनुवार जातले ‘फोल–श्याँदर’, चाम्लिङ (जो आप्mनो असली जातीय स्वपहिचानले भन्दा पनि हाम्रा पिता–पूर्खाहरुले पाएको पद, पदवी वा भनौं पगरी ‘राई !’ लाई नै मान्ने र राईले नै चिनिन चाहन्छन्) ले साकेला भन्छन् भनीी माथि नै एक प्रसंगमा भनियो, सो अवसरमा भेला हुन वा …आग्रह गर्छन् । त्यसो त आग्रह मात्रै गरे त ठीकै हो, तर,…

किनकि त्यही चाडलाई हामी कुलुङ जातिले ‘तोस’ भन्ने गर्छौं । त्यस्तै कुलुङ जातिको जीवनचक्रअनुसार यही पुस १५ गते नयाँ वर्ष सुरु हुँदैछ । त्यस्तै कुलुुङ जातिका मानिसहरुले पुस १५, १६, १७ गतेका दिन आप्mनो मुख्य चाडको रुपमा चाक्चाकूर पर्व मान्ने गर्छन् । कुलुुङ जातिको नयाँ वर्ष–नीङ दोङ (यले दोङ) पनि हरेक वर्षको पुस १५ गतेदेखि सुरु हुन्छ भने यो वर्षको पुस १५ गतेदेखि ‘यले दोङ–५०८२’ सुरु हुँदैछ । सोही अवसरमा कुलुङ जातिको ऐतिहासिक तथा उद्गम थलो सोलुखुम्बु, संखुवमसभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, उदयपुर, कास्की, खोटाङ, काठमाण्डौ उपत्यकालगायत भारत, बेलायत, अष्ट्रेलिया, हंङकङ, अमेरिका, दक्षिण कोरिया, खाडी मुलुकहरुमा समेत कुलुङ जातिले आप्mनो मौलिक चाड–पर्वको रुपमा ‘चाक्चाकूर’ पर्व धुमधामका साथ मनाउने गर्छन् । त्यसो त यही पर्व वा भनौं उत्सवलाई हिन्दूहरुले पनि ‘गोठ–पूजा, धन–धान्य पूर्णिमा’ भनेर पनि मनाउने गरेका छन् भने सोही दिन ‘नेवार समुदाय’ले पनि ‘योः मरी पून्यी’ भनेर मनाउने गरेका छन् । त्यस्तै सोही दिन काठमाण्डौ उपत्यका लगायत नेपालभरिका ‘नेवार समुदाय’ले ‘ज्यापु दिवस’/नेवार समुदायको संस्थाको संस्थागत स्थापना दिवसका रुपमा पनि मनाउने गरेका छन् ।

तर, नेपालको लिम्बु, याक्खा, सुनुवार ‘राई !’ व.जाति भनिनेहरुको जातिगत संस्था मानिएको संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा,  सुनुवार सेवा समाज र राई यायोक्खा (राईको अलग्गै वा भनौं छुट्टै भाषा नभएकोले गर्दा बान्तावा जातिको भाषामा यायोक्खा नाम राखिएको) का अध्यक्षहरुमध्ये किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजका अध्यक्ष ज्युहरु, हजुरहरु कहिलेसम्म राई यायोक्खा (स्मरण रहोस्, ‘यायोक्खा’ कुनै माइकालाल राईको भाषा नभएर बान्तावा जातिको भाषा हो ।) नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ?

भन्ने प्रश्न गम्भीर रहेको छ । के उनीहरुले यसरी अरुको ‘म को हुँ, वा हामी को हौं ?’ भन्ने आत्मनिर्णयको अधिकारको हनन् गर्न पाउँछन् ? बुभ्mनेहरुका लागि प्रश्न साँच्चै गम्भीर रहेको छ । किनभने, उनीँहरुले हालै सकिएको उधौली पर्वबारे दिएको समाचार/निकालेको विज्ञप्तीअनुसार फेरि पनि उनीहरुले केवल ४ किराती !? को मात्रै नाम लिएको/लेखे देखिन्छ । उनीहरुको मनमौजीले प्रचारप्रसार गरेको ४ वटा मात्रै हो त, नेपालमा किरातीहरु ? उनीहरु किन एकोहोरो रुपमा ‘४ किराती, ४ किराती’ भनेर प्रचारप्रसार गरिरहेका छन् ? के नेपालमा साँच्चै ४ किराती मात्रै छन् त ? कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ, याम्फु, जेरो, थामी, सुरेल, हायु, जिरेल आदि नेपालका वासिन्दा होइनन् ? उनीहरु किराती होइनन् ? त्यसबारे विस्तृतमा पछि कुनै वेला फेरि पनि अलग्गै लेख लेखौंला ।

त्यसैले अहिलेलाई मेरो मूल र गम्भीर प्रश्न यो छ कि, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव/फाइप पदमा रहनु भएका मान्छेहरु हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी यायोक्खाले डोर्याएको बाटोमा मात्रै हिँड्नु हुन्छ ? किनभने आठपहरिया, कुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदि किरातीहरुलाई सूचनै नदिई, थाहै नदिई तपाईँहरु कथित् चार किराती भन्नेहरुले मात्रै गरेको निर्णय वा भनौं जबरजस्ती लादेको कुरो वा प्रचार प्रसार गरेको सूचना वा भनाइ विचारलाई नै अरुले (हामीले मान्छौं त ?) मान्लान् त ? यस बारेमा गम्भीर भएर कहिल्यै, केही  सोच्नु भएको छ ? जस्तो विगतमा पनि तपाईँहरु (कथित् चार किरातीवाला) ले हामी कुलुङ लगायतलाई हालसम्म राज्य र तपाईँहरुले जाति नमानेको अवस्थामा जबरजस्ती किरात सम्वत् (यले दोङ) लाई ३९…वर्षलाई मानौं भनी अरु किरातीहरुमाथि लाद्न खोज्दा उनीहरुले माने त ? अथवा तपाईहरु स्वयम्ले पनि किरात संवत्, (यले दोङ ३९…) नमानेर किन फेरि पनि ५०८१/५०८२ लाई नै मान्दै/लेख्दै आउनु भएको देखिन्छ । तपाईहरुसँग यसको जवाफ दिन सक्ने ल्याकत छ ?

स्मरण रहोस्, केन्द्रीय तथ्यांक विभाग (केतवि) ले ०६८ मा गरेको १० औं राष्ट्रिय जनगणनाअनुसार पहिलो कुलुङ २८ हजार ६१३, दोस्रो नाछिरिङ ७ हजार १५४, तेस्रो याम्फु ६ हजार ९३३, चौथो चाम्लिङ ६ हजार ६६८, पाँचौं आठपहरिया ५ हजार ९७७, छैठौं बान्तावा ४ हजार ६०४, सातौं थुलुङ ३ हजार ५३५, आठौं मेवाहाङ ३ हजार १००, नौ औं बाहिङ ३ हजार ९६, दशौं साम्पाङ १ हजार ६८१, एघारौं खालिङ १ हजार ५७१ र १२ औं मा लोहोरुङ १ हजार १५३ जना आएको छ । यसरी हेर्दा त्यसअघि (०५८ को जनगणनाअघि) जानेर वा नजानेर अथवा ‘राई !’ लेख्दा आपूm पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर नामको पछाडि ‘राई !’ लेख्दै आएका १२ वटा किराती जातिहरु अलग्गै जातिको रुपमा आएको छ वा भनौं तथ्यांककृत भएका छन् । माथिको तथ्यांक जातिगत तथ्यांक मात्रै हो । साथै केही समयअघि सकिएको १२ औं जनगणनामा राईको जनसंख्या कति घट्ने हो ? अहिले नै भन्न सकिने अवस्था छैन ।

त्यस्तै माथिको १२ वटा किराती जातिहरुको भाषिक तथ्यांक पनि अलग्गै आएको अवस्थाछ । भाषिक तथ्यांकअनुसार पहिलोमा बान्तावा एक लाख ३२ हजार ५८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८००, तेस्रोमा कुलुङ ३३ हजार १७०, चौथोमा थुलुङ २० हजार ६५९, पाँचौंमा साम्पाङ १८ हजार २७०, छैठौंमा खालिङ १४ हजार ४६७, सातौंमा बाहिङ ११ हजार ६५८, आठौंमा नाछिरिङ १० हजार १७६, नवौंमा याम्फु ९ हजार २८०, दशौंमा आठपहरिया ७ हजार ५३०, एघारौंमा मेवाहाङ ४ हजार ६५० र बाह्रौंमा लोहोरुङ ३ हजार ७१६ रहेको छ । विगतमा कुलुङलगायत १२ वटा किरातीहरु जो विगतमा जानेर वा नजानेर अथवा नामको पछाडि ‘राई !’ लेख्दा आपूm पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर आप्mनो नामको पछाडि ‘राई !’ लेख्दै आएका थिए । ती मध्ये १२ वटा किराती जातिहरुले अलग्गै जातीय तथ्यांक अंकित गरेका थिए । त्यसका लागि पनि ‘कुलुङ समुदायका अगुवाहरु र आदिवासी किरात महासंघको नेतृत्व’ले कति पापड बेल्नुपरेको थियो ? त्यसको छुट्टै कथा छ ।

त्यस्तो गम्भीर र महत्वपूर्ण कुराहरु पनि हजुरुहरु (‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थको टप फाइव/फाइप पदमा रहनु भएका मान्छेहरु) लाई साँच्चै थाहा छैन ? अथवा आजको २१ औं जमाना भनिएको समयमा पनि स्वविवेक प्रयोग नगरेर हजुरहरु अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्ने क्षमता छैन ? प्रश्न त निक्कै गम्भीर पो छ है, बुभ्mन चाहनेहरुका लागि अथवा भनौं जानाजान बुझ पचाउनु हुँदैन ! भन्ने मनुवाहरुका लागि !? अझ प्रस्टसँग भन्नु पर्दा अरुलाई जानी बुझी थिचोमिचो गर्नु हुँदैन, हेँलाहोचो गर्नु हँुदैन भन्नेहरुका लागि । साथै आत्म–ज्ञानी, स्वत्व, स्वविवेक, चेतना, चैतन्य, ज्ञान, फराकिलो सोचाई, आत्म–सम्मान आदि भएका मानिसहरुका लागि पनि ।

तर, अचम्म के भने, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव/फाइप पदमा रहनु भएका मान्छेहरु हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ? कि जानाजान ‘आयाराम, गयाराम पारा’ अपनाउनु भएको हो ? त्यसै त अहिलेसम्म पनि तपाईँहरु राई यायोक्खा नामक एनजिओको पुच्छर भएर हिँड्नु भएको होइन होला ? किनभने हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्घा/सवाल उठाउन थालेको विसं ०५७/५८ देखि हो ।

२०/२१ वर्षसम्म पनि यो कुरा ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव/फाइप पदमा रहनु भएका मान्छेहरुले थाहा नपाउनु भनेको साह्रै दुःखद (एक हिसावले भन्ने हो भने, हास्यस्पद) नै हो । त्यसैले प्रस्टसँग भन्नुहोस्, हजुरहरुलाई अरु (राई यायोक्खा) ले भनेकै कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुपर्ने वाध्यता के छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँडनुपर्ने वाध्यता वा कारण के हो ? लगाम लगाएको घोडासरह आपूmलाई चढ्नेले जता झट्कार्यो त्यतै हिँड्ने/दौडने (दायाँबाँया नहेरी) गर्नु भएको होइन होला ? कि के छ, यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ?  लाई साँच्चै थाहा छैन ? छैन भने ठीकै छ  । छ भने जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुन अलिकति पनि लाजशरम लाग्दैन हजुरहरुलाई ? नत्रभने, कुलुङ लगायत १२ वटा (अरु पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौं, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्नु सक्नु पर्यो । यदि हामीले अरुलाई दलनमलनमा पार्यौं वा बहिस्करण गर्यौं भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर यसो मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले सराप्ने र  इतिहास कलंक लगाउँछ नै, राई यायोक्खा नामक एनजिओको हर्ताकर्ताहरुलाई साथै कथित् ४ किरात मात्रै देख्ने महत्वपूर्ण पदमा बस्नेहरुको निधारमा कलंक लाग्छ नै र, हाम्रा आउँदो पुस्ताले मूल्यांकन गर्ने नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार