माओवादी केन्द्र १ नम्बर प्रदेशको अध्यक्षमा हर्कबहादुर नेम्वाङ(मिक्सो) निर्वाचित

  नयाँ बुलन्द
273 Shares

 

फाइल तस्वीर

इलाम : नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

प्रदेशको अध्यक्ष बन्न धेरै आकाँक्षी प्रतिस्पर्धाको मैदानमा उत्रिएपछि बुधबार मतदान भएको थियो । पौष ७ गते निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए । अध्यक्षमा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएका थिए ।

यस्तै ३ जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ र ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्रा प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । लामो समयसम्म पार्टीमा योगदान गरेका नेम्बाङ प्रदेशमा निक्कै प्रभावशाली नेताले परिचित छन् । हाल उनी वर्तमान नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव समेत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार