क्षतिपूर्तिको माग गर्दै बाढी पीडितद्वारा वडा कार्यालयमा ज्ञापनपत्र

  बालकृष्ण बस्‍नेत
672 Shares

माङसेबुङ : क्षतिपूर्तिको माग गर्दै माङसेबुङ गाउँपालिका २ का बाढीपहिरो पीडितहरुले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

राहतको माग गर्दै र्‍यालीसहित आएको स्थानीय कृषकहरुले टोलिले वडा कार्यालयसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

गत २ कात्तिकमा बेमौसमी वर्षाका कारण गएको बाढीपहिरोबाट पाक्न लागेको धानबाली र चौपाय बगाएको २ महिना बितिसक्दा समेत कुनै राहत नपाएको भन्दै पीडितहरुको गुनासो छ । वडाबाट कुनै राहत नपाउँदा आफूहरु समस्यामा परेका कृषक दलबहादुर लिम्बूले बताए ।

जनतालाई वेवास्ता गर्न पाइदैंन, बाढी पहिरोको क्षतिपूर्ति पाउनैपर्छ, जनतालाई भोकै मार्न पाईदैनलगायतका नाराबाजीसहित कृषकहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय चारसुरे क्षेत्रबाट सुरू भएको र्‍याली २ नम्बर वडा कर्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा स्थानीय पृथ्यीमान चबेगुले जनताले बनाएको स्थानीय सरकार जनताप्रति उतरदायी नहुनुका साथै कार्यपालिका बैठकमा समेत यस बिषयमा छलफल हुन नसक्दा आफूहरू दुखित भएको बताए ।

ज्ञापन पत्र बुझ्दै २ नम्बर वडा अध्यक्ष पुष्पराज कर्कीले आगामी ९ पुसमा बस्ने कार्यपालिका बैठकमा छलफल हुने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार