घुर्बिसे पञ्चमीमा संचालित फुटबल प्रतियोगिताको उपाधि माङसेवा कोल्बोटेलाई

  युद्धबहादुर बोहोरा
1.2k Shares

पाँचथर : इलाम र पाँचथरको सीमाना क्षेत्रमा अवस्थित घुर्बिसे पञ्चमी खेलमैदानमा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि माङसेवा एफसी कोल्बोटे इलामले जितेको छ ।

सोमबार भएको फाइनलमा चिलिङदेन १ लाई ३-२ गोलको अन्तरले पराजित गर्दै माङसेवाले उपाधि हात पारेको हो ।

जितसँगै विजेत माङसेवाले नगद ३५ हजार र उपविजेता चिलिङदेनले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पर्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता माङसेवाका सन्तोष लिम्बू घोषित भए । उनले प्रतियोगिताभरमा ६ गोल गरेका थिए । त्यस्तै उत्कृष्ट गोलकिपर पीडित क्लबका एलेहाङ शेर्मा र उत्कृष्ट खेलाडी आयोजक फुङ्नाम युवा समूहका विशाल चेम्जोङ घोषित भए । उनीहरुले नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीहरुलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे, आयोजकका अध्यक्ष रोमन चेम्जोङलगायतले पुरस्कार प्रदान गरेका थिए ।

गत २६ मंसिरदेखि संचालित प्रतियोगितामा इलामको देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, पाँचथरका फिदिम नगरपालिका, कुम्मायक गाउँपालिका, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका ३२ टिमको सहभागिता रहेको थियो ।

कृति पुजक लिम्बू समुदायको मौलिक चाड उधौली (चा:सोक तङ्नाम) को अवसरमा फुङ्नाम युवा समूहले प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार