इलामः जनता समाजवादी पार्टी,नेपालले पार्टी संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई निरन्तर दिने भएको छ ।
गत भाद्र १ र २ गते बसेको केन्द्रिय समितिको प्रथम बैठकले पार्टी संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियान सञ्चालन गर्ने निर्णय गरेसंगै मंशीर मसान्तसम्म देशभर गतिविधि सम्पन्न गर्ने सीमा निर्धारण गरेको थियो ।
सुज अभियान उत्साह बर्द्धक रुपमा सञ्चालन भइरहेको साथै निर्धारित गरिएका समायोजन,सदस्यता नवीकरण र वडातह सम्मका समितिहरुको निर्माण,प्रशिक्षण,जनपरिचालन तथा निर्वाचन परिणामको आंकलन सम्बन्धि कामहरु बाँकी नै रहेको हुँदा सम्पूर्ण कार्यलाई सम्पन्न गर्ने गरी अर्को निर्णय नआएसम्म सुज अभियानलाई जारी राख्न सुज अभियान सचिवालय संयोजक असोक राईद्वारा मंशिर २ गते सुचना जारी गर्दै निरन्तरता दिन जानकारी गराएका छन् ।
सुचना मार्फत केन्द्रिय कार्यकारिणी समिति सदस्यहरु,केन्द्रिय समिति,संघीय परिषद सदस्य,प्रदेश समिति,विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति,जिल्ला समन्वय समिति लगायतलाई पत्रचार गरिसकेको उल्लेख गरेको छ ।
उक्त अवधिमा पार्टीको उल्लेख्य प्रगति गर्दै सकारात्मक कार्य गरिरहेको र केही समीक्षा गर्ने कामहरु जिल्लामा धमाधम भइरहेको हुँदा सम्पर्ण पार्टी पंत्तिका कार्यकर्तालाई सकृय भएर जुट्न समेत अपिल गरेको छ ।