तेह्रथुम,४ पुष
सडक सुशासन कायम गराउदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले तेह्रथुममा ट्राफिक सप्ताह सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतना मूलक कार्यक्रम सुरु गरेको हो । सरोकारवालमा ट्राफिक नियम सम्बन्धी जानकारी गराई सडक सुशासन र दुर्घटना न्यूनीकरणका लागी साताव्यापी कार्यक्रम सुरु गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब निरीक्षक दिनेश कुमार चौधरीले बताउनुभयो ।
१ नम्वर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्वर प्रदेश भरी नै सञ्चालन भइरहेको र सोही अनुरुप तेह्रथुममा पनि ट्राफिक सचेतना अभियान सुरु भएको होे । तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरले एक छात्रालाई मोटरसाईलको हेल्मेट प्रदान गर्दै ट्राफिक सप्ताह कार्यक्रमको उद्ध्घाटन गर्नुभएको छ । जिल्ला सदरमुकाम म्याङलुङमा आयोजित समारोहको उद्घाटन पछि सचेतना ¥याली सहित प्रभातफेरि गरिएको छ । प्रभातफरीमा जिल्ला स्थित सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यावशायी, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी,स्थानीयवासी लगायतले ट्राफिक सचेतना तथा जानकारीमुलक नाराहरु लेखिएको प्लेकार्ड बोकेर सहभागी बनेका छन् ।
प्रभातफरीमा पश्चात सडक सुशासन तथा सवारी दुर्घटना न्यनिकरण सम्वन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । म्याङलुङ नगरपालिकाको सभाहलमा आयोजित कायक्रममा बिशिष्ठ अतिथी नगर प्रमुख संजयकुमार तुम्बाहाङफे र कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सडक दुर्घटना कम गराउनका लागी अपनाउनुपर्ने सावधानी तथा प्रयासहरुको बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो ।
सप्ताहव्यापी कार्यक्रममा सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई सम्झाई बुझाई गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङ,अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने,भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिने छ । ट्राफिक नियम उल्लङ्गन गर्ने चालक र सवारीलाई कानूनी कारवाहरी गर्दै गल्ती नदोहो¥याउन सुझाव दिइने छ । सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन , ज्येष्ठ नागरिक, महिला तथा अशत्तताभएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको छ ।