इलामः फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ खाम्बाङ्गस्थित गुम्बाडाँडा खेलमैदानमा खुल्ला नकाउट (पुरुष) भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा एभरेष्ट युवा क्लवको आयोजनामा पौष १४ गतेदेखि गुम्बाडाँडाको भलिबल मैदानमा खेल संचालन गरिने क्लवका अध्यक्ष अजय राईले जानकारी दिए ।
पौष १७ गते सम्पन्न गरिने उक्त प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार र दोस्रो हुनेलाई ११ हजार रुपैंया नगद,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक अमर कुमार राई(सोम) ले बताए ।
यस क्लबले स्थानीय युवाहरुको आर्थिक सहयोगमा पहिलो पटक आयोजना गरेको भलिबल प्रतियोगितामा टिम दर्ता शुल्क वापत एक हजार पाँच सय रुपैंया जम्मा गर्नु पर्ने नियम सहित गत मंशीर २९ गतेबाट दर्ता खुल्ला गरेको छ भने फिचर आउट पौष १२ गते सार्वजनिक गर्ने जनाएको छ ।
खेललाई थप प्रभावकारी बनाउन साथै आगामी दिनमा निरनतर संचालन गर्न देश प्रदेशमा रहेका यस क्षेत्रका इच्छुक महानुभावले आर्थिक सहयोग सहित प्रायोजन गरिदिन समेत अपिल गरिएको क्लबका सचिव विकास राईले बताएका छन् ।