सबै महाधिवेशन प्रतिनिधिहरुलाई रामचन्द्र पौडेलको निम्तो

  नयाँ बुलन्द
140 Shares

काठमाडौं । कांग्रेस सभापतिको दौडबाट बाहिरिएपछि निवासमै रहँदै आएका रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरुलाई चियापानको कार्यक्रम तय गरेका छन् ।

मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई पौडेलको सचिवालयले निम्तो पठाएको छ ।

सोमबारको मतदान प्रक्रियामा सहभागी समेत नभएका पौडेल आफ्नै समूहमा साझा उम्मेदवारमा सहमति नजुटेपछि निराश थिए ।

लामो समयदेखि संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका पौडेल डा.शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि उनी प्रतिस्पर्धाबाटै अलग भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार