तोकियो एमाले नेताहरुको वरियता

  नयाँ बुलन्द
532 Shares

काठमाडौं,  नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।

अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली हुनुहुन्छ ।

त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहनु भएको छ भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा हुनुहुन्छ । पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

त्यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाललाई तेस्रो वरियतामा राखिएको छ ।

सचिवको वरिएतामा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो , छविलाल विश्वकर्मा चौथो गोकर्ण विष्ट पाँचौ, योगेश भट्टराई छैठौ र पद्मा अर्याल सातौं स्थानमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार