माङसेबुङमा एकीकृत समाजवादीको संगठन विस्तार, अध्यक्षमा खुलाल

  नयाँ बुलन्द
3.9k Shares

माङसेबुङ : संगठन विस्तारमा लागेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले जिल्लाको माङसेबुङमा पनि संगठन विस्तार गरेको छ ।

शनिबार भएको भेलाले टिकाराम खुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । कमिटिका उपाध्यक्षमा संगीता राई, सचिवमा देवाहाङ राई र सहसचिवमा धनकुमार साम्बा चयन भएका छन् ।

त्यस्तै धनकुमार साम्बाको अध्यक्षतामा माङसेबुङ ३ मा वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा रणहाङ्मा साम्बा, सचिवमा सन्तोष लिम्बू र सहसचिवमा अर्जुन साम्बा चयन भएका छन् ।

त्यसैगरी सोही भेलाले युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा द्रोणराव योङहाङ, उपाध्यक्षमा जसुदा साम्बा, सचिवमा धनबहादुर लिम्बू र सहसचिवमा मनप्रसाद राई चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ सदस्य मदनकुमार राईको प्रमुख आतिथ्यता र माङसेबुङ इन्चार्ज हर्क साम्बाको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संचालन युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् एकीकृत समाजवादीका जिल्ला सदस्य देवाहाङ राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार