तेह्रथुम , मंसिर
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा तेह्रथुमको चौथो जिल्ला अधिबेसन सनिबार सम्पन्न भएको छ । अधिबेसनले राजकुमार तेयुङ ‘तरेबा’अध्यक्ष भएको १५ सदस्यि जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिरेन्द्र पयाङगो लिम्बू,सचिब बिष्णु राई,सहसचिब भिमा खवाहाङ लिम्बू,कोषाध्यक्ष कृष्ण तामाङ चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सुजन आङखेवा, मनु याक्थुङवा,संगिता लिम्बू,शिखा पयाङगो,सिर्जना तामाङ,बिकास गुरुङ,बबिता राई,जोनि लिम्बू,चन्द्रा खवाहाङ लिम्बू र सिता लिम्बू चयन हुनुभएको छ ।
त्यस्तै प्रादेशिक महाधिबेसन प्रतिनिधीमा प्रकाश पाक्शाँवा,जितलाल कुरुङम्भङ,सुजन आङखेवा,भिमा खवाहाङ,होम पारघरी,सुनिता लिम्बू र बिष्णु राई छनौट भएका छन् भने संघिय महाधिबेसन प्रतिनिधीमा टिआर सेनेहाङ,मनोज तेयुङ र सिता आङबुङ लाई छनौट गरिएको छ । अधिबेसन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश कमिटी सदस्य महेन्द्र मादेनको प्रमुख आथित्य तथा फोनिज तेह्रथुम शाखाका अध्यक्ष टिआर सेनेहाङको अक्ष्यक्षतामा सम्पन्न भएको हो ।