काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरुका नीति मात्र होइन आफ्ना नीतिमार्फत अघि बढ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले ऐतिहासिक महत्व बोकेको पार्टीले आफ्नै नीति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।
राणाशासन, राजतन्त्र फाल्ने देखि संघीय गणतन्त्र ल्याउनेसम्मको भूमिका निर्वाह गरेको कांग्रेसप्रति जनताले ठूलो भरोसा राखेकाले सोही अनुसार अघि बढ्न सुझाव दिए ।
कांग्रेससँगै एमालेपनि अघि बढ्दै आएकाले देश बनाउने सवालमा भविष्यमा एमाले कांग्रेससँगै अघि बढ्ने प्रतिवद्धता जनाए । नेपाली कांग्रेसले आफ्नो इतिहास आगामी दिनमा अझ उज्यालो बनाउँदै लानुपर्ने र सोही अनुसार महाधिवेशन केन्द्रीत हुनुपर्ने उनको भनाइ थियो ।
ओलीले भने,‘देश विकासका लागि शुसासनका लागि, स्थिरता, सामाजिक न्याय र समानताको सवालमा देशलाई अघि बढाउन सहकार्य गर्ने कुरामा एमाले तयार छ ।’