लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

इलाम : इलाममा संचालित लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुक्रबार समापन गरिएको छ ।

इलाम नगरपालिकाको सभाहलमा एक अन्तरक्रिया कार्यक्रम गरि अभियानको समापन गरिएको हो । समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले लैंगिक हिंसा सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रउपर कार्यक्रम प्रमुख अतिथी इलाम नगरप्रमुख महेश बस्नेत, न्यायिक समितिकी संयोजक इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्बाङ, प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्‍का, मानव अधिकारका लागि महिला मन्ञ्चका अध्यक्ष सारदा उप्रेती, उच्च वार इलामका अध्यक्ष विरबहादुर खड्‍कालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममाविभिन्न सरकारी तथा ग्रैह्रसरकारी कार्यालयका प्रमुख, न्यायिक समितिका सदस्य, विद्यालयका प्रधानाध्यापक, मानव अधिकारकर्मी, महिला, पत्रकार, स्थानीयबासी र विद्यार्थीहरुको उपस्थिति थियो ।

न्यायिक समितिकी संयोजक इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्बाङको अध्यक्षता भएको कार्यक्रमको स्वागत इलाम नगरपालिका नगर कार्यपालिकाका सदस्य सानु दास गरेकी थिइन् ।

‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयको सहकार्यमा इलाम नगरपालिका न्यायिक समितिको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिएको थियो ।

९ मंसिरदेखि विभिन्न विद्यालय तथा ग्रामीण क्षेत्रमा १ सय ३२ वटा लैंगिक हिंसा विरुद्धको कार्यक्रम संचालन गरीएको थियो । सो कार्यक्रमबाट करिब ६ हजार जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय इलामको दावी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार