धनी कसरी बन्ने ? यो सुत्र पढ्नु होस्

  नयाँ बुलन्द
280 Shares

इलाम: पैसा बचत गर्नु पनि एक कला हो र यो कला जो कोहिलाई नआउन पनि सक्छ । कुनैपनि मानिसले कति कमायो भन्दापनि कति बचायो भन्ने कुरा सबैभन्दा महत्वपुर्ण हुन्छ । धेरैजसो मानिसहरुको भनाई यही हुन्छ कि उनीहरु जतिधेरै पैसा कमाउदा पनि बचत गर्न सक्दैनन् । धनी बन्न त्यति सजिलो छैन ।

मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ । यति तपाईंसंग पनि पैसा बचत हुँदैन् भने तपाईं आफ्नो भविष्यको बारेमा केही सोँच्न सक्नुहुन्न । यदी तपाईंको पनि देखेजति र भएजति सबै पैसा खर्च गर्ने बानी छ भने तपाईंलाई यी पैसा बचत गर्ने उपायहरु उपयोगी हुन सक्छन् ।

आफ्नो खर्चको तालिका बनाउनुहोस्
सानो भन्दा सानो खर्चको पनि लिस्ट बनाउने बानीको कारण कति पैसा अनावश्यक रुपमा खर्च भईरहेको छ भन्ने कुरा थाहा हुन्छ । र यी सबै कुरा थाहा भएसंगै तपाईंलाई अनावश्यक रुपमा पैसा खर्च गर्न मन लाग्दैन् र बिस्तारै बचत गर्ने बानीको विकास हुन्छ ।

तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् । र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ । एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ ।

ठूलो लक्ष्य अगाडी राख्नुहोस्
पैसा बचत गर्ने सबैभन्दा राम्रो उपाय भनेको कुनै ठूलो लक्ष्यको लागि पैसा जम्मा गर्नु हो । जस्तै कार किन्ने, घर बनाउने तथा आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउने जस्ता लक्ष्यहरुले बचत गर्ने बानीको विकास हुन्छ ।

ऋण नराख्नुहोस्
कुनैपनि प्रकारका ऋण राख्नुहुन्न । ऋणले मानिसलाई कुनैपनि हालतमा बचत गर्ने बानीको विकास गर्न सक्दैन् । यदी कुनै अवस्थामा ऋण लिनु नै परेमा पनि यसलाई सकेसम्म सबैभन्दा छिटो तिर्ने कोशिष गर्नुपर्छ । कतैबाट केही पैसा जम्मा हुने वित्तीकै सबैभन्दा पहिले आफ्नो ऋण नै तिर्नुहोस् ।

अत्यावश्यक समयमा खर्च गर्न पैसा छुट्याउनुहोस् बचतको साथसाथै अत्यावश्यक समयमा खर्च गर्ने गरी केही रकम छुट्याउनु राम्रो हुन्छ । जस्तैः स्वास्थ सम्बन्धी समस्याको लागि खर्च आदीको लागि पैसा जम्मा गर्दा आफु केही समस्यामा पर्दा कसैसंग ऋण लिनु पर्दैन। (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार