इलामकाे सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

  नयाँ बुलन्द
1.2k Shares

इलाम : इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । सोयाक, सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीलाई सदरमुकामसँग जोड्ने यस मार्गमा पक्की पुल नहुँदा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।
यो दृश्य हो सटके दोभानको । इलाम सदरमुकामको इलाम नगरपालिका वडा नम्वर–९ र वडा नम्वर– ११ यही खोलाले छुट्याएको छ । तर सदरमुकामबाट नजिकै भए पनि यो स्थानको व्यथा भने बेग्लै छ । नगरपालिकाको २ वडा सहित दजनौ ग्रामिण बस्ति जोड्ने खोलामा पुल नभएकै कारण हिउदमा खोला भित्रै बाट सवारी चलाउनु पर्ने बाध्यता छ भने वर्र्षामा यातायात ठप्प नै हुने गर्दछ ।

मानिस वारपार गर्नका लागि झोलुङ्गे पुल रहे पनि खाद्यान्न ओसारप्रसार गर्नलाई समस्या छ । इलामको संघिय निर्र्वाचन क्षेत्र नंम्बर २ मा पर्ने यो स्थानबाट बिगत लामो समय देखि एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिरहेका छन् । यही ठाउँमा पक्की पुल बनाउने आश्वासनमा नेम्वाङले धेरै पटक चुनाव जिते तर, अहँ नेम्वाङको दैनिकी फेरीयो तर, यो पुलको हालत भने अझै उस्तै छ ।

यता, नेम्वाङले पनि यो पुललाई पक्की बनाउने भनेर अझै आश्वासन दिन भने छाडेका छैनन् । तर, स्थानीयवासीन्दाले भने उनको आश्वासनलाई पत्याउन छाडिसकेका छन् । नेम्वाङले भने उल्टै फाल्गुन्नद मार्गको प्रवेशद्धार उद्घाटन समेत गरिसकेकाछन् छन् । सडकको धरै काम सकिएकाले दमक –चिसापानी सडक सँग जोडीन थोरै मात्र काम बाँकी भएको भन्दै सडक उद्घाटन अनौठो नभएको बताउनुभयो ।

सदरमुकाम सँग जोडिन सहज ठानिएको यो मार्गमा अहिले दजनौ सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् । बारैमास सवारी गुड्न सक्ने गरि पक्की पुल निर्माण भए यो सडक प्रयोग गर्ने र स्थानीयको गाउँ घरमा उत्पादन भएको कृषि जन्य सामाग्रीले बजार पाउने मात्र थिएन बिरामी हुदाँ पनि समयमै अस्पताल पुग्न सकिने थियो । त्यसैले पनि यस क्षेत्रतर्फ सारोकारवालाहरुको चाडो ध्यान पुग्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार