गगन थापाको चिन्ता: कांग्रेस अब पनि सुध्रिएन भने सिद्धिन्छ

  नयाँ बुलन्द
28 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ ? भन्ने बारेमा गम्भीर बहस हुनुपर्ने बताएका छन् ।

युवा नेता तथा लेखक शंकर तिवारीद्वारा लिखित पुस्तक ‘कसले सुधार्छ कांग्रेस’ को विमोचन गर्दै उनले कांग्रेस सुधार्ने मौकाको रूपमा महाधिवेशन आएको उल्लेख गर्दै कांग्रेस सुध्रेन भने कांग्रेस सिद्धिने दाबी गरे । कांग्रेस अब पनि नसुध्रिए समाप्त हुने उनको चिन्ता थियो ।

उनले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकियो भने के असर गर्छ भन्ने बोध गराउन सके मात्रै कांग्रेस बाँचिरहने बताए ।

उनले कांग्रेसले चुनाव जित्छौँ भनिरहँदा आमजनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए ।

नेता थापाले भने, ‘नेपाली कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार