तेह्रथुम ,मङ्सिर :-
ज्योति लाइफ इन्स्योरेन्स तेह्रथुम उपशाखाले वैदेशिक रोजगार मृत्यु दाबि भुक्तानी बापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ।
रोजगारीको सिलसिलामा विदेश गएका म्याङ्लुङ नगरपालिका-९ साब्लाका कमल बहादुर कामीको बिदेश मै मृत्यु भएकोले दाबी भुक्तानी बापत बिमाङ्क रकम १० लाख, मृतककाे दाह संस्कारको लागि खर्च १ एक लाख र आय नोक्सानी वापतको रकम ३ लाख गरि कुल जम्मा १४ लाख बिमितको श्रीमती फुल माया कामीलाई मंगलवार हस्तान्तरण गरिएको हो।
उपशाखा प्रमुख ठाकुर सेनेहाङ लिम्बुले मृतकका श्रीमती फुलमाया लाई बिमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने उल्लेख गरे । सानो रकम बचत गरेर परेका वेला जोखिम समेत वहन गर्न सक्ने रहेकाले बिमा सम्बन्धि चेतना बढाउनु पर्नेमा उहाले जोड दिए ।
सबै नेपालिले बिमा गर्नु आवश्यक रहेको र ज्योति लाईफले दाबि भुक्तानी छिटो र सहज तरिकाले गर्ने गरेको उपशाखाका कर्मचारी संगिता लिम्बुले बताईन् । गत साल छुट्टीमा घर आएर पुनः कार्यस्थल कतार फर्केका कमल बहादुरले क्यान्सरका कारण उतै ज्यान गुमाएका थिए ।