नवनिर्वाचित अध्यक्ष सन्तोष कटुवालले मतदातालाई दिए धन्यवाद

  नयाँ बुलन्द
567 Shares

इलाम : निर्माण ब्यवसायी संघ इलामका नवनिर्वाचित अध्यक्ष सन्तोष कुमार कटुवालले मतदातालाई धन्यवाद दिएका छन । कटुवालले निर्वाचित भएपस्चात पत्रकारहरु सँग बोल्दै आफुलाई जिल्ला अध्यक्षमा निर्वाचित गराउने मतादातालाई धन्यवाद दिएका हुन ।

उनले  उम्मेद्बारी घोषणा गर्दा गरेका प्रतिबद्द्ताहरुलाई कार्यन्यनमा ल्याउन भोलीबाट नै काम सुरु गर्ने समेत बताएका छन् ।

उनले भनेका छन् ;’ यो आन्तरिक लडाईं भएकाले जित्नेले उत्साह र हार्नेले नैरस्यता नहुनु हाेला साथै यति मात्र हाेइन  डिल्लीराम खनाललाई प्रतिस्पर्धी हाेइन अग्रज सम्झेर सधैं सम्मान गरिरहने छु ।’

कटुवाल बोल्दा बोल्दै भाबुक मात्र बनेनन् बिजयी हुँदा समेत आन्तरिक लडाईं भएकाले टिका र अबिर लगाउन चाहेनन । २०३५ सालमा इलाम जिल्लामा जन्म भइ २०५२ सालमा सिचाई कार्यालयमा सुपरभाईजर पदबाट निमार्ण क्षेत्रमा प्रबेश गरेका कटुवाल बिमानस्थल, सडक,पुल,भवन लगायत निमार्णका लागि अब्बल युबा निमार्ण ब्यबसायीका रुपमा चिनिन्छन् ।

बिष्णु निर्माण सेवाका संचालक समेत रहेका सन्तोष बिगत २० बर्ष देखि निर्माण क्षेत्रमा सक्रिय छन । कटुवालले यस अघि दुई कार्यकाल जिल्ला उपाध्यक्ष र १ कार्यकाल केन्द्रिय प्रतिनिधिमा रहेर निर्माण ब्यवसायी संघ इलामको काम गरिसकेका छन ।

सन्तोष निकटतमा प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै बिजयी बनेका थिए । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका हुन । यस्तै उपाध्यक्षमा निरोज राउत,सचिवमा वीरेन्द्र कार्की,सह सचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध चयन भएका थिए भने सदस्यहरुका लागि निर्वाचन भएको थियो ।

जस्मा नविन कुमार तामाङ,मन्जु कार्की,प्रकाश मान कडेरिया,सिजन देवान, अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् । जिल्लामा २ सय २० जना निर्माण ब्यवसायी रहेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार