दुई मतको झिनो अन्तरले पराजित भएपछि घिमिरेले पुनः मत गणना गर्न माग

  नयाँ बुलन्द
182 Shares

 

इलाम: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ । दुई मतले सभापतिमा पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

संस्थापनइतर समूहबाट उठेका घिमिरेले संस्थापन–सिटौला पक्षका उमेदवारसँग पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए ।-बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार