इलाम : बन्धन सिमेन्टले निशुल्क जीवन बिमा गरिदिने भएको छ । सिमेन्ट उध्योगले इलामका दुई सय २० निर्माण ब्यबसायीको दुर्घटना जिवन बिमा गरिदिने भएको हो ।
आईतबार इलाम सदरमुकाममा आयोजित निर्माण ब्यबसायी संघको अधिबेशन कार्यक्रममा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर रमेश पौडेलले प्रत्येक ब्यक्ति बराबर ५ लाखको बिमा गरिदिने बताए । पौडेलका अनुशार हाललाई १ बर्षलाई निशुल्क बिमा गरिदिने छ भने आउने बर्ष पनि यस्लाई निरंतरता दिईने बताए ।
नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट पछिल्लो समय लोकप्रिय रहेको छ । बन्धनको ओपीसी, पीएससी र पीपीसी सिमेन्टमा सर्वसाधारणको विश्वास बड्दो रहेको पाईन्छ ।
उत्पादनको सुरुवात देखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनीको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । बन्धन सिमेन्टले लकडाउनको अवधिमा समेत उत्पादन निरन्तर गरेर अझ सबैको मन जितेको थियो ।
बन्धन सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठुलो उद्योग हुनुका साथै राम्रो बजार विस्तार भएको र गुणस्तरीय सिमेन्टका रूपमा रहेको छ । अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्च स्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको छ ।