जातीय आधारमा राज्यको पुनःसंरचना हुन आवश्यक: डा. भट्टराई

  नयाँ बुलन्द  84 पटक हेरिएको

इलाम: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा  डा. भट्टराईले पटक पटक आफूले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने बताउँदै आएको स्मरण गर्दै पुनः त्यहीँ कुरा दोहोर्याए ।

डा. भट्टराईले यो अडान नछाड्ने र यस मुद्धालाई स्थापित गर्न लागि पर्ने पनि बताए । अहिले यस विषयलाई संसदबाट अनुमोदन गराउनका लागि दुई तिहाई नपुग्ने भएकाले आगामी निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाई स्थापित गर्न लागि पर्ने उनले बताए ।

डा. भट्टराईले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुर्खताका कारण मुलुकको संघीयता खतरामा परेको आरोप लगाएका छन् ।

संघीयता खतरामा परेपछि गठबन्धन एकजुट भई अघि बढेको पनि स्पष्ट पारे । साथै, डा. भट्टराईले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार