एमाले अध्यक्षको जिम्मेवारीमा महेश बस्‍नेत

  नयाँ बुलन्द  178 पटक हेरिएको

इलाम : नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षको जिम्मेवारी तत्कालिन सचिव महेश बस्नेतले पाएका छन् ।

शनिबार बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी बस्नेतलाई दिएको हो ।

तत्कालिन अध्यक्ष रामबहादुर मगर (राम राना) भर्खरै सम्पन्न १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनको स्थानमा बस्नेतलाई जिम्मेवारी दिएको हो ।

तत्कालिन एमाले उपाध्यक्ष भक्त केसीले नेकपा (एकीकृत समाजवादी) गठन गरेर अध्यक्ष भएपछि उपाध्यक्ष पनि रिक्त थियो । अध्यक्ष र उपाध्यक्ष दुवै रिक्त भएपछि सचिवले नेतृत्व सम्हाल्नुपरेको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार