विद्यालय व्यवस्थापन समितिले नै गर्‍यो विद्यालयमा तालाबन्दी

  बालकृष्ण बस्‍नेत
2.4k Shares

माङसेबुङ : इलामको माङसेबुङ-२ ईभाङस्थित ईभाङ आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले तालाबन्दी गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुलाई कुनै जानकारी नै नदिई प्रधानाध्यापकले हिउँदे विदा दिएको भन्दै तालाबन्दी गरेका हुन् । विद्यालयले १५ देखि २४ मंसिरसम्म हिउँदे विदा दिएको थियो ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको जानकारी र निर्णय बिना नै विदा गरिएकाले तालाबनदी गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर लिम्बूले बतए ।

लकडाउनका कारण बन्द भएको विद्यालय खुल्नसाथ फेरि बन्द हुँदा छोराछोरीको भविष्यप्रति चिन्ता बढेको अभिभावक कमलादेवी राईले बताइन् ।

यता विद्यालयकी प्रधानाध्यापक पम्फा पुलामीले भने विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफहरुसँग छलफल गरेर नै हिँउदे बिदा दिईएको जिकिर गरिन् ।

उता माङसेबुङ शिक्षा शाखा प्रमुख टंक खरेलले माङसेबुङ गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पुस २५ देखि हिउँदे बिदा दिनुपर्नेमा सो विद्यालयले जाडो सुरू नहुदैं बिदा दिईएको कुरा आफूलाई जानकारी नआएको बताउँदै तत्काल विद्यालयसँग स्पष्टीकरण माग्ने बताए ।

सो विद्यालयम बाल कक्षादेखि ८ कक्षासम्म १ सय १० जना विद्यार्थीहरु रहेका छन् । विद्यालयमा स्थायी शिक्षक २ जना, राहात अनुदान कोटामा १ जना र बालविकास सहयोगी कार्यकर्ता ४ जनासहित जम्मा ७ जना शिक्षक र १ जना कर्मचारी कार्यरत छन् । ३ जना शिक्षक दरबन्दी भने रिक्त छन् ।

शैक्षिक सत्र सुरू भएदेखि अहिलेसम्म अनिवार्य गणित, अनिवार्य अङ्ग्रेजी, पेशा व्यवसाय र कम्प्युटर विषय पढाई सुरु नै भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार