नेकपा (एस) को देउमाई नगर कमिटी अध्यक्षमा केशर राई

  नयाँ बुलन्द
581 Shares

इलाम: नेकपा एकीकृत समाजवादी पार्टीको देउमाई नगर कमिटी अध्यक्षमा केशर राई चुनिएका छन् ।

राईको नेतृत्वमा शुक्रबार ५१ सदस्यीय कमिटी गठन गरिएसंगै उपाध्यक्षमा लोकप्रसाद चम्लागाई,सचिव चित्र मोरोहाङ, उपसचिव मिना राई र सन्दिप राई रहेका छन् ।

पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई,जिल्ला नेता पुष्प ढुङ्गाना,डम्बर गदाल लगायतको उपस्थितिमा कमिटी गठन गरिएको युवा नेता हेमराज लिम्बुले जानकारी दिए ।

यस्तै, सुनिल राईको अध्यक्षतामा ४९ सदस्यीय युवा नगर कमिटी गठन गरिएको छ । कमिटी सचिव तेजेन्द्र राउत रहेका छन् ।
याम राईको नेतृत्वमा ९९ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन भएको पार्टीका जिल्ला सचिव हरि बालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार