देउमाईमा एकीकृत समाजवादीको पार्टी, युवा र पिपुल्स भोलेन्टियर्स गठन

इलाम : नेकपा (एकीकृत समाजवादी) देउमाई नगरपालिकास्तरीय पार्टी कमिटी, युवा संघ र पिपुल्स भोलेन्टियर्सको कमिटी गठन भएको छ ।

भेलाको प्रमुख अतिथि पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुस्प डुङ्गाना, डम्बर गदाल र गठबन्दनको तर्फबाट एमाओबादीका राम राइले सम्बोधन गरेका थिए ।

भेलाले पार्टीको नगर अध्यक्ष केसर राई, सचिव चित्र लिम्बूको अध्यक्षतामा ५१ सदस्य, युवाको नगर अध्यक्ष सुनिल राई, सचिव तेजेन्द्र राउतको नेतृत्वमा ४९ सदस्य र याम राइको नेतृत्वमा ९९ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन भएको पार्टीका जिल्ला सचिव हरि बालाले जमानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार