इलाम : अन्तराष्ट्रिय अपाङता दिवसको अवसर पारेर इलामका युवा समाजसेबी लाप्साङ शेर्पाले ह्वील चेयर बितरण गरेका छन । शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहेका इलामका दुई जनालाई उनले ह्वील चेयर बितरण गरेका हुन ।
जिल्लाको माईजोगमाई ४ नामसालिङका संगिता विश्वकर्मा र बिष्णुमाया भाट्टराईलाई घरमा नै पुगेर सो सामाग्रिहरु बितरण गरिएको हो ।
शारिरीक रुपमा अशक्त भएका उनिहरुलाई ह्वील चेयरको प्रयोगले हिड्डुल गर्न केही सहज हुने भन्दै बितरण गरिएको शेर्पाले नयाँ बुलन्दलाई बताए । शेर्पाले भने , आफुले यस्ता नागरिकको सेवा गर्न पाउदा आफुलाई खुशी भएको महसुस हुन्छ । ह्वील चेयर पाएका दुवै जना खुट्टा नचल्ने भएपछि विगत लामो समयदेखी घरमै थन्कीरहनु पर्ने वाध्यताबाट गुज्रीरहेका थिए ।
शेर्पा स्वयम आँफै शारिरिक रुपमा असक्त रहेर पनि दुखी गरिब ,असाहय तथा अपाङ्ग बालबालिका ,बृद्धाश्रम, मठ–मन्दिर, पर्यटन, विद्यालय, खेलकुदलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएका छन ।
शेर्पाले जिल्लामा पुर्याएको योगदानको कदर गर्दै उनी ‘राष्ट्रिय नागरिक सेवा सम्मान’ बाट सम्मानित समेत भईसकेका छ्न । शेर्पा जिल्लाको युवा समाजसेवीका रुपमा मात्र परिचित छैनन् उनि शेर्पा ट्रेड इलामका प्रोपाइटर समेत हुन ।