३० औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध अभियान इभाङमा

  बालकृष्ण बस्‍नेत
434 Shares

माङसेबुङ : ३० औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध अभियान माङसेबुङ गाउँपालिका वडा नम्बर २ ईभाङमा बिहीबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

अन्तरपार्टी महिला संजाल माङसेबुङ र इभाङ प्रहरी चौकी माङसेबुङ २ को संयुक्ता आयोजनामा कार्यक्रम भएको हो ।

 “घरैदेखि शुरु गरौं , महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ निस्किएको र्‍याली बहाबल चारथुम बजारमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले लैङ्गिक हिंसा अन्त्य गर्न सबै नागरिक सजग र सचेत हुनुका साथै आआफ्नो क्षेत्रबाट खबदारी गर्नुपर्नेमा जोड दिए ।

विशेष अतिथि वडा नम्बर २ का वडा अध्यक्ष पुष्पराज कार्कीले लैङ्गिक हिसा विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिदैं आफूले यस्ता सचेतना तथा महिला सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रमलाई प्रथामिकता दिएको उल्लखे गरे ।

कार्यक्रममा अन्तरपार्टी महिला संञ्जालकी अध्यक्ष समिक्षा खड्का,  नेपाली काङ्ग्रेस प्रदेश २ (ख) का सचिव धनकुमार लोरिन्देन र इभाङ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक देवराज ढकालले समेतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार