राष्ट्रपतिबाट ६ अध्यादेश जारी

  नयाँ बुलन्द
133 Shares

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।

त्यस्तै तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरेकी छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।

बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार