आत्मानन्द कप : सडन डेथमा जित हासिल गर्दै माङसेबुङ फाईनलमा

  नयाँ बुलन्द
203 Shares

इलाम : गाउँपालिका खेलकुद समिति इलामको माङसेबुङमा आत्मानन्द कप १४ औं संस्करण फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाईनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई सडन डेथमा पराजित गर्दै माङसेबुङले फाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफको अतिरिक्त समयमा प्रविन राईले गोल गर्दै माङसेबुङलार्ई अग्रता दिलाए । ५५ औं मिनेटमा फिदिमका सुमन लिम्बूले गोल गर्दै फिदिमलाई बराबरीमा ल्याए । त्यपछि दुबै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि सडन डथसम्म पुग्नु परेको थियो । म्यान अफ द म्याच माङसेबुङका प्रविन राई घोषित भए ।

प्रतियोगिताको दोस्रो सेमिइनलमा भोलि (बिहिबार) बिबिएफसी दमक झापा र सिरिजङगा स्पोर्टिङ क्लब मोरङबीच खेल हुनेछ । फाईनल शुक्रबार हुनेछ ।

विजेताले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवमा आयोजित प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार