पाँचथरका सबै स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न (कुन पालिकामा कस्को नेतृत्व)

  नयाँ बुलन्द
455 Shares

 

पाँचथर: आठ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ ।सबै स्थानीय तहमा माओवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

मंगलवार फिदिम नगरपालिकाको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै माओवादी केन्द्रले जिल्लाका आठ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको हो ।

फिदिम नगरपालिका 

फिदिम नगरपालिकाको अधिवेशनबाट देवी थापा मगरको अध्यक्षतामा ४१ सदस्यीय नगरपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक दुलाल, दिलकुमार नेम्वाङ र सन्तबहादुर राई, सचिवमा तेजबहादुर तामाङ, सहसचिवमा मनकुमार राई र कोषाध्यक्षमा बिपन तुम्रोक निर्वाचित भएका छन् ।

हिलिहाङ

यस्तै हिलिहाङगाउँपालिकाको अधिवेशनबाट टेकबहादुर सुहाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा राजन खतिवडा, मनकुमार राई र तिलराज लावती, सचिवमा कमलराज संग्रौला, सहसचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा हस्त भट्टराई रहेका छन् ।

मिक्लाजुङ

यस्तै मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रले निरानन्द घिमिरेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्ष अबिसन लावती र अमरराज माखिम, सचिवमा कुशल राई, सहसचिवमा माया तामाङ र कोषाध्यक्षमा रोहित राई निर्वाचित भएका छन् ।

फाल्गुनन्द

फाल्गुनन्द गाउँपालिकामा इन्द्रकुमार नेम्वाङको अध्यक्षतामा माओवादीले ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा मचिन्द्र आङदेम्बे र धनकुमार तामाङ, सचिवमा सागर नेम्वाङ, सहसचिवमा पञ्चबहादुर चेम्जोङ तथा कोषाध्यक्षमा टीकामाया नेम्वाङ निर्वाचित भएका छन् ।

तुम्वेवा

यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा टंकबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङदेम्बे तथा सचिवमा ख्यामबहादुर निरौला रहेका छन् ।

कुम्मायक

कुम्मायक गाउँपालिकामा महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोमबहादुर तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रविण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईं चयन भएका छन् ।

फालेलुङ

फालेलुङ गाउँपालिकामा वुद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगू चयन भएका छन् ।

याङवरक

याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहेका छन् ।

फिदिम नगर अधिबेशनमा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो मौसम तथा माओबादी केन्द्रका एक नम्बर प्रदेशका प्रदेश सदस्य हर्कबहादुर नेम्बाङ मिक्सोले सम्बोधन गरेका थिए ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा तथा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार