आत्मानन्द गोल्डकप : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ क्वार्टरबाटै बाहिरियो

  नयाँ बुलन्द  230 पटक हेरिएको

इलाम : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ स्पोपोर्टिङ क्लब दार्जिलिङ इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप क्वार्टरबाटै बाहिरिएको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरमा श्रीजंगा स्पोर्टिङ क्लब मोरङसँग ४–१ गेलको अन्तरमा लज्जास्पल हार व्यहोर्दै बाहिरिएको हो । जितका लागि श्रीजंगाका सनम भुजेलले ह्याट्रिक गरेका थिए भने थप एक गोल सन्तोष न्यौपानेले गरेका थिए । उता मानेभञ्ज्याङका तर्फबाट सान्तवना गोल निश्चल राईले गरेका थिए ।

श्रीजंगाले अब विहीबार हुने अन्तिम सेमिफाइनलमा बिबिएफसी क्लब झापा दमकसँगको भेट निश्चित गरेको छ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा संचालित प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ठ मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो०, धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार