इलाम : सोलुखुम्बुको नेचासल्यान-४,फुर्केस्थित जालपा आधारभूत विद्यालयले साहित्यकार सुरेश बाबु जमरकट्टेल (सुवाश) सहित अन्य चार जनालाई सम्मान गरेको छ ।
गत कार्तिक ९ देखि १५ गतेसम्म विद्यालयमा संचालन गरिएको श्रीमद्भागवत महाज्ञान यज्ञको समीक्षा तथा सम्मान कार्यक्रममा विद्यालय स्थापना देखि हालसम्म सहयोग पुर्याउने विभिन्न क्षेत्रका चार जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा यस विद्यालयबाट प्रारम्भिक शिक्षा हाँसिल गरेका जमरकट्टेल,विद्यालयको पूर्वशिक्षक तथा यस पालिकाको उपाध्यक्ष समेत रहनु भएकी कुमारी देवी घिमिरे,विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष र सदस्य क्रमशः मणी कुमार राई,शुक्र किराँतीलाई चाँदीको थाल, सम्मानपत्र सहित अभिनन्दन गरिएको हो ।
सप्ताह पुराणको अभिभावकत्व ग्रहण गर्ने पूर्वमाननीय भुपाल किराँती तथा प्रमुख अतिथिबाट पुराण आयोजक समितिका सबै सदस्यलाई समेत कदरपत्र प्रदान गरिएको छ ।
विद्यालय स्थापना,शैक्षिक उन्नतिको लागि सहयोग गर्ने ,जग्गा दान लगायत हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने कतिपय दाताहरु हाल देहावसान भइसकेका छन् उनीहरुको सम्झना,आत्मसम्मान तथा आइसीटी सहयोगार्थको नाममा सप्ताह महाज्ञान संचालन गरिएको जनाइएको छ ।
उक्त महायज्ञबाट विद्यालयलाई करीब आठ लाख दानभेटी स्वरूप सहयोग प्राप्त भएको र तीन लाख रुपयाँ खर्च गरिएको विद्यालयका प्रधानध्यापक रोहित प्रसाद बाँस्तोलाले जानकारी दिए ।
सप्ताहबाट जम्मा भएको रकमलाई विद्यालयको शैक्षिक सुधार,आइसिटी तथा अन्य उपलब्धि मुलक कार्यमा सरोकारवालाको परामर्शमा प्रयोग गरिने उनले बताए ।
पालिका उपाध्यक्ष घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
विशेष अतिथिहरुमा पालिका शिक्षा शाखा प्रमुख नारायण गोपाल ढकाल,महायज्ञका मुख्य पण्डित टंक ढुङ्गाना,विश्व हिन्दु महासंघ केन्द्रिय सदस्य ठगेन्द्र कुमार जमरकट्टेल,राष्ट्रतपश्वि रामबाबा फडिन्द्रप्रसाद बाँस्तोलाको उपस्थिति रहेकोे जमरकट्टेल जानकारी दिए ।
अन्य अतिथिहरुमा फुर्के गुठीका अध्यक्ष हर्कराज राई, पाँचकन्या सामुदायिक संस्थाका अध्यक्ष चक्र प्रसाद कट्टेल,बाँस्तोला सेवा समाजका अध्यक्ष विन्दलाल बाँस्तोला, भण्डारी बन्धु समाजका अध्यक्ष लगायतको उपस्थित रहेकोे थियो ।